साइबर क्राइम चेतना

कान्तिपुर संवाददाता

काठमाडौँ — फेसबुकमा के लेख्न हुन्छ, के लेख्न हुँदैन ? ट्वीटर प्रयोग गर्दा के–केमा ध्यान दिनुपर्छ ? युटयुबका कस्ता सामग्री हेर्ने ? कस्ता नहेर्ने ? अनि इन्टरनेटको प्रयोग गर्दा सजग हुनुपर्ने कुरा के–के हुन् ?

साइबर क्राइम चेतना

यी केही यस्ता प्रश्न हुन्, जसका बारेमा विद्यालय उमेरका बालबालिकासमेत जानकार हुनुपर्छ । यस्तो ज्ञानको अभावमा हाम्रो मुलुकमा पनि साइबर क्राइम बढ्न थालेको छ । राजधानीको शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलले साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरको छ । कार्यक्रममा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी सहायक निरीक्षक राजेश महर्जनले साइबर क्राइमबारे विद्यार्थीलाई जानकारी दिए । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी थिए । सामाजिक सञ्जालको प्रयोगका साथै यसको दुरुपयोग पनि बढिरहेकाले बालबालिकालाई सचेत बनाउन कार्यक्रम चलाइएको प्रधानाध्यापक राजु राईले बताए ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?