२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
कोपिला

Kopila

रमाइलो नाम्चे

घरको झयालबाटै देखिन्छ हिमाल । सबै घरमा छन् हरिया छाना । ढुंगा छापिएका सिनित्तै गोरेटा बाटा । पानीले घुमाइरहेका माने र नयाँ नयाँ छोर्तेन । देख्दै मनमोहक । मनै फुरुङ्ग हुने यो ठाउँ हो– सोलुखुम्बुको नाम्चे बजार ।

रमाइलो नाम्चे

जो सानैदेखि हौसिए...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले १५ वर्षकै उमेरदेखि राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । यसै साता सम्पन्न उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगितामा एपीएफले उपाधि जित्दा उनी प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर घोषित भइन् ।उनले राष्ट्रिय टोलीबाट खेलेको ८ वर्ष भइसकेको छ ।

जो सानैदेखि हौसिए...

गायक साथी

अशोक विगतलाई भुलेर वर्तमानमा मिहिनेत गर्दै भविष्य राम्रो बनाउने ध्याउन्नमा छन् । किनकि उनले यस अगाडि धेरै दु:ख गर्नुपर्‍यो । पढ्ने, खाने र खेल्ने उमेरमा उनले आफैं संर्घष गर्नुपर्‍यो । साथीहरू मिलेर घरबाट टाढा सहरमा जाने, गीत गाउने, गीत गाएर आएको पैसाले आफ्ना केही रहर पूरा गर्ने र घरमा सहयोग गर्ने उनको दैनिकी थियो ।

गायक साथी

पानी पर्‍यो भनेर

पानी पर्‍यो भनेर, छाता ओढें मैले,हिलोबाट बँच्नलाई, जुत्ता लाएँ पैले ।धेरै चिप्लो बाटो छ, हिँड्ने होला कसरी ?साउनको झरी यो, पर्न थाल्यो बेसरी ।कर्‍याङकुरुङ गरेर, चरा पनि उड्दै छ,गडयाङगुडुङ आकाश, धड्कन पनि बढ्दै छ ।

पानी पर्‍यो भनेर

पातको पिपिरी

स्कुलमा बर्खे बिदा चलिरहेकोले गोपी र सान्नानी घरमै बसेका थिए । आफ्नो घरमा रोपाइँ चलेका बेला त यसरी फुर्सदले बस्न कहाँ पाउनु र । उनीहरूले ब्याडदेखि धानको बीउका मुठा झुन्डयाउँदै रोप्ने मेलोसम्म पुर्‍याउन सघाउनुपथ्र्यो । घरको रोपाइँ पनि मैझारो भएकाले उनीहरू फुर्सदमा थिए । बुबाआमाचाहिँ पल्लाघरे बडाबाका घरको रोपाइँमा पर्म तिर्न जानुभएको थियो ।

पातको पिपिरी
श्रावण १३, २०७५

मुगुदेखि स्पेनसम्म

असार अन्तिम साता उपराष्ट्रपति कार्यालयको मिटिङ हलमा उपराष्ट्रपति नन्दकिशोर पुनले सोधे, ‘स्पेन कस्तो लाग्यो त ?’‘हामी त भाग्यमानी रहेछौं । १४ वर्षको उमेरमै स्पेन घुम्न पायौं ।

मुगुदेखि स्पेनसम्म

नेपाली सिक्दै अमेरिकाका साथी

टेक्सास - हरेक वर्ष गर्मी लागेपछि अमेरिकामा दुई महिना स्कुल बिदा हुन्छ । बिदाका बेला यहाँ रहेका नेपाली बालबालिका विभिन्न गतिविधिमा भाग लिन्छन् । घुमघाम गर्छन् । प्रतिभा प्रस्फुटन गराउने क्रियाकलापमा सहभागी हुन्छन् । प्रतिस्पर्धामा भाग लिन्छन् । कति बालबालिका यतैको अर्को सहरमा घुम्न जान्छन् ।

नेपाली सिक्दै अमेरिकाका साथी

साउन पन्ध्र

ए नानी ! शारदा, एकछिन भित्र आऊ त’ भित्र भान्साबाट हजुरआमाले बोलाउनुभयो । शारदा बाहिर सिकुवामा खेल्दै थिइन् । ‘किन हजुरआमा ? किन बोलाउनुभएको ?’ भन्दै शारदा पनि भित्र गइन् ।

साउन पन्ध्र

कानुनका कुरा

ओखलढुंगा सदरमुकामस्थित लालीगुराँस इंग्लिस स्कुलकी कक्षा १० की छात्रा श्रेया राजभण्डारीले अदालत देखेकी थिइन् । तर अदालतले कसरी, के काम गर्छ भन्नेबारे जानकारी थिएन । जब उनले जिल्ला अदालत र उच्च अदालतका न्यायाधीश, रजिस्ट्रार, स्रेस्तेदारलगायतको कक्षा लिइन्, त्यसपछि उनलाई धेरै कुरा थाहा भयो ।

कानुनका कुरा

साइबर क्राइम चेतना

फेसबुकमा के लेख्न हुन्छ, के लेख्न हुँदैन ? ट्वीटर प्रयोग गर्दा के–केमा ध्यान दिनुपर्छ ? युटयुबका कस्ता सामग्री हेर्ने ? कस्ता नहेर्ने ? अनि इन्टरनेटको प्रयोग गर्दा सजग हुनुपर्ने कुरा के–के हुन् ?

साइबर क्राइम चेतना

काठमाडौंको कर्णाली

काठमाडौंमा कर्णाली नदी छैन । तर सेवासुविधाका दृष्टिले कर्णालीकै झल्को दिने ग्रामीण बस्ती भने अझै छन् । त्यस्ता बस्तीमा विकासका आधारभूत सेवा पुग्न सकेको छैन । साँखुबाट केही माथि उक्लिनेबित्तिकै ‘काठमाडौंको कर्णाली’ भनेर चिनिने गाउँ हुन्– शंखरापुर नगरपालिकाका घुमारचोक र लप्सेफेदी ।

काठमाडौंको कर्णाली