काठमाडौँ — सरसर–सरसर उड्छौ साथी र
कहिले तलतल कहिलेमाथि
कहिले बन्छौ माछा, गोही
कहिले गर्छौ गडगड रोई
कहिले छेक्छौ चन्द्रसूर्य
धर्ती पार्छौ घोर अँध्यारो
कहिले हिँड्छौ सुस्तसुस्त
कहिले हिँड्छौ चाँडोचाँडो
कहिले सेतो, कहिले कालो
कहिले देख्छु जालोजालो
सिमसिम पानी तिमी नै पार्छौ
सेतो असिना तिमी नै झार्छौ
झरझर पानी बनी झर त
सुक्खा बोटहरूमा पर त
सबैले भन्छन् बादलु रानी
कहिल्यै नथाक्ने तिम्रो छ बानी ।
ललिता ‘दोषी’