गायक साथी

राजाराम पौडेल

काठमाडौँ — अशोक विगतलाई भुलेर वर्तमानमा मिहिनेत गर्दै भविष्य राम्रो बनाउने ध्याउन्नमा छन् । किनकि उनले यस अगाडि धेरै दु:ख गर्नुपर्‍यो । पढ्ने, खाने र खेल्ने उमेरमा उनले आफैं संर्घष गर्नुपर्‍यो । साथीहरू मिलेर घरबाट टाढा सहरमा जाने, गीत गाउने, गीत गाएर आएको पैसाले आफ्ना केही रहर पूरा गर्ने र घरमा सहयोग गर्ने उनको दैनिकी थियो ।

गत आइतबार बालगायक अशोक दर्जी र आर्यन रेहन (एआर) बुढाथोकी पोखराको लेकसाइडमा भेटिए । उनीहरू लेकसाइडको होटल डयान्डिलेनमा ब्रेकफास्ट गर्दै थिए । उनीहरू छोटो समयमा नै मिल्ने साथी भइसकेका छन् । खाने क्रममा पनि एक–अर्कालाई सघाउँदै थिए । ब्रेकफास्टलगत्तै स्विमिङ पुलमा पौडिए । अशोकलाई पौडी खेल्न साह्रै मनपर्छ । उनीसँग गाउँमा हुँदा खोलामा पौडिएको अनुभव छ । उनलाई एआरले पौडी खेल्न साथ दिए । अशोकले पौडी खेल्न एआरलाई सिकाए पनि । दुवै जना मिलेर स्विमिङ पुलमा धित मरुन्जेल पौडिए । ‘गाउँको खोलामा भन्दा त स्विमिङ पुलमा रमाइलो लाग्यो,’ अशोकले प्रतिक्रिया दिए ।

अहिले अशोकका दोस्ती गायक टंक बुढाथोकीका छोरा एआर भएका छन् । एआर सांगीतिक क्षेत्रमा आएको केही समय भइसकेको छ । उनले हालसम्म ७ वटा गीत रेर्कड गराइसके । रुपै मोहनी, कसरी कसरी, रेलिमाई, माया पिरिमको, झिल्के, अल्लारे जोवनमा आदि गीतमा एआरले स्वर भरेका छन् । ६ वर्षका उनी एपल इन्टरनेसनल स्कुलमा १ कक्षामा पढ्छन् । उनीहरू दुवैजना अहिले मिल्ने साथी भएका छन् । आफूभन्दा सानो भएको कारण पनि अशोकले केही कुरा एआरलाई सिकाउँछन् । दुवैजना बालक भएकाले स–साना कुरामा जिद्दी गर्छन् । चकचक पनि गर्छन् । त्यही भएर उनलाई लिएर हिँड्दा एकजना साथी चाहिन्छ । उनीहरूको डिमान्ड पूरा गर्दै समाल्ने र सिकाउने काम टंकले गरिरहेका छन् । दुवैको सपना ठूलो कलाकर बनेर देशलाई चिनाउने छ । अशोक बोलिरहन मन पराउँछन् भने एआर कम बोल्छन् । बुबा टंक एआर रहमानबाट प्रभावित भएकोले नै छोराको नाम एआर जुराएका हुन् ।

पोखराको छोरेपाटनमा आयोजित डेविसफल सांगीतिक मेलामा आफ्नो प्रस्तुति राख्न उनीहरू पोखरामा आएका थिए । पोखरा विमानस्थलमा उनीहरू दुवै जनालाई आयोजकले स्वागत गर्दै कार्यक्रम स्थलसम्म पुर्‍याए । कार्यक्रम स्थलमा पुगेर उनीहरूले आफ्नो आवाजमा गीत सुनाउँदै दर्शकलाई मनोरञ्जन दिलाए । यसका लागि उनीहरूलाई गायक टंक बुढाथोकीले साथ दिएका थिए । यसअघि पोखराको मालेपाटनमा आयोजित मेलामा प्रस्तुति दिन उनीहरू पोखरा आएका थिए ।

झापाको दमक नगरपालिका वडा नं. २ भालुखोलाका अशोक दर्जी चर्चामा आएको तीन महिना भयो । विभिन्न कारणले गर्दा अशोकले आफ्नो पढाइलाई निरन्तरता दिन सकेका थिएनन् । अब भने उनले पढाइ र संगीतलाई निरन्तरता दिनेछन् । काठमाडौंको एक स्कुलमा यूकेजीमा भर्ना भएका छन् । अब उनले त्यही स्कुलको होस्टलमा बसेर अध्ययन गर्नेछन् ।
अशोक विगतलाई भुलेर वर्तमानमा मिहिनेत गर्दै भविष्य राम्रो बनाउने ध्याउन्नमा छन् । किनकि उनले यस अगाडि धेरै दु:ख गर्नुपर्‍यो । पढ्ने, खाने र खेल्ने उमेरमा उनले आफंै संर्घष गर्नुपर्‍यो । साथीहरू मिलेर घरबाट टाढा सहरमा जाने, गीत गाउने, गीत गाएर आएको पैसाले आफ्ना केही रहर पूरा गर्ने र घरमा सहयोग गर्ने उनको दैनिकी थियो । कलाकारितामा अगाडि बढ्ने सोच भए पनि कसरी कलाकार बन्ने भन्नेमा उनलाई थाहा थिएन । संर्घष गरिरहेका अशोकका बारेमा जब जानकारीहरू बाहिर आए । फेसबुक र युटयुबमार्फत उनको प्रतिभा आमदर्शकमाझ आइसकेपछि उनको चर्चा बढ्यो । एकाएक सेलेब्रिटी बने । गीत रेर्कड गर्न काठमाडांै झिकाइए । अनि रेर्कड भयो । ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ । यो गीतले उनलाई चिनायो । युटयुबमा १ करोड २० लाखभन्दा बढी भ्युअर पाउन सफल भयो । यो गीतपश्चात् उनको प्रतिभाको तारिफ गर्नेहरू बढ्दै छन् । त्यसैले त युटयुबमा उनीसँग सम्बन्धित सामग्री पछिल्लो समय भाइरल भइरहेका छन् ।

यो अवधिमा अशोक मलेसिया र दुबईका कार्यक्रममा सहभागी भइसकेका छन् । उनी पोखरामा दुईपटक आइसके । काठमाडांै, झापाका कार्यक्रममा सहभागी बने ।उनीसँग घरमा रेडियो र मोबाइल थिएन । जति गीत सुने, गीतहरू गाडीमा बजेको, पसलमा बजेको, विभिन्न पार्टीमा बजेको, बाटामा हिँड्दा बजेको । यिनै गीत सुनेको आधारमा गीत सुनाउँथे । अब उनको आवाजलाई परिपक्व बनाउन साधनासँगै अगाडि बढ्न शिक्षाको जरुरत पर्ने भएकाले उनको ध्यान त्यतातर्फ मोडिएको छ । अहिले तत्काल गीत रेर्कड गर्ने तयारी नभए पनि एउटा गीत अभ्यास गरिरहेका छन् । अशोकलाई छोटो समयमा कमाएको दर्शकश्रोताको मायालाई निरन्तरता दिन चुनौती छ ।

Yamaha

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बादलु रानी

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — सरसर–सरसर उड्छौ साथी  रकहिले तलतल कहिलेमाथि कहिले बन्छौ माछा, गोहीकहिले गर्छौ गडगड रोईकहिले छेक्छौ चन्द्रसूर्य

धर्ती पार्छौ घोर अँध्यारो
कहिले हिँड्छौ सुस्तसुस्त
कहिले हिँड्छौ चाँडोचाँडो
कहिले सेतो, कहिले कालो
कहिले देख्छु जालोजालो
सिमसिम पानी तिमी नै पार्छौ
सेतो असिना तिमी नै झार्छौ
झरझर पानी बनी झर त
सुक्खा बोटहरूमा पर त
सबैले भन्छन् बादलु रानी
कहिल्यै नथाक्ने तिम्रो छ बानी ।

ललिता ‘दोषी’

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT