१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मेरो काम

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — ओजस्वी हो मेरो नाम पढ्ने लेख्ने मेरो कामनाच्न गाउन मन लाग्छसाइकल चढ्न डर लाग्छ ।

मेरो काम

कहिलेकाहीँ भाइलाई
बोक्ने गर्छु बुईमा
बोक्न अल्छी लागेमा
राखिदिन्छु भुँइमा ।

भाइ रुन थालेमा
माया गरी फकाउँछु
भाइले खाने जाउलीमाम
आफ्नै हातले पकाउँछु ।

जान्दिनँ म केही पनि
कुरा छलछामको
भगवान्लाई मान्दछु
पूजा गर्छु श्रमको ।

-ओजस्वी सुवेदी, कक्षा–३
रोजबड स्कुल, काठमाडौं 

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?