कोपिला

Kopila

रहौं सजग

वर्षाका बेला चारैतिर प्राकृतिक सुन्दरता र हरियाली छाउँछ । साथै यो मौमसमा हावा र पानीले थुप्रै संक्रामक रोगलाई समेत निम्त्याउँछ । वर्षा याममा विभिन्न ब्याक्टेरिया पैदा हुन सहज हुन्छ । यो मौसममा बालबालिकालाई कीटजन्य र पेटसम्बन्धी रोग सबैभन्दा बढी देखिन्छ । लामखुट्टे, मुसा, झिँगा, टिक्स आदिको प्रकोप वर्षा याममै बढी हुन्छ । त्यसैले यो मौसममा हामीले उचित सावधानी अपनाउनुपर्छ ।

रहौं सजग

बाल खेलाडी

बेलुकीको चार बजे अगावै मनपर्ने जर्सीमा सानाठूला बालक विराटनगरको सहिद रंगशालाको मैदानमा भेला भइसकेका हुन्छन् । गुरुहरूको निर्देशनअनुरूप उनीहरू लामबद्ध हुन्छन् । व्यायाम गर्छन् । फुटबलको अभ्यासमा जुट्छन् । तिर्खाएपछि झोलाबाट बोतल झिक्दै पानी पिउँछन् ।

बाल खेलाडी

ढुकुर र काग

काग काँकाँ गरेर कराउँदै थियो । ढुकुर आफ्ना अण्डा छोपेर बसेको थियो । कागको आवाज सुनेर ढुकुरलाई दिक्क लाग्यो । उसलाई भोक लागे पनि उडेर अन्त जान सकेको थिएन । ऊ कोइलीको आवाज सुन्दा आनन्द मान्ने गथ्र्यो । आज कागको आवाजले चाहिँ उसलाई ज्वरो आएजस्तो भयो ।

ढुकुर र काग

टाइटनिक

साथीहरू हो ! तिमीहरूले टाइटनिकको बारेमा सुनेका छौ ? सुनेका भए राम्रो । नसुनेका भए म तिमीहरूलाई छोटकरीमा बताउँछु है त । सन् १९१२ मा बनेको संसारकै सबभन्दा ठूलो पानीजहाजको नाम हो टाइटनिक ।

टाइटनिक

नाच्दै, रम्दै

पोखरामा १२ औ संस्करणको लिटिल कास्की च्याम्पियन २०७५ आयोजना गरिएको छ । प्रतियोगितामा कास्की लेखनाथ गगनगौडाकी प्रीति पुन च्याम्पियन बन्न सफल भइन् । ज्ञानज्योति स्कुलमा अध्ययनरत १२ वर्षीय प्रीतिले अन्य २० प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेपछि प्रीतिले सफल डान्सर बन्ने आफ्नो सपना रहेको बताइन् ।

नाच्दै, रम्दै
श्रावण २७, २०७५

हलो जोत्ने साथी

गर्मीको बिदामा विक्रम बुबाआमासँगै गाउँ गयो । बाटोमा हिँड्दाहिँड्दै हलो जोतिरहेको मानिसतिर देखाएर बुबासँग सोध्यो, ‘बुबा, ऊ त्यो मानिसले के गरिरहेको ?’बुबाले विक्रमले देखाएतिर हेर्नुभयो । उहाँले एउटा मानिसले हलो जोतिरहेको देख्नुभयो ।

हलो जोत्ने साथी

रक स्टार सपना

सानैमा ड्रम बजाएर विश्व कीर्तिमान राखेका उत्प्रेम जोजिजू अहिले १० वर्षका भए । दुई वर्षको उमेरमै ड्रमसेट बजाएर उनी चर्चामा आएका थिए । २०६५ असोजमा जन्मिएका उत्प्रेमले २०६७ असोजमा पहिलो प्रस्तुति दिएका थिए । उनले एभरेस्ट वल्र्ड रेकर्ड २०१२, युनिक वल्र्ड रेकर्डलगायतका ७ वटा वल्र्ड रेकर्ड बनाएका छन् ।

रक स्टार सपना

क्रिजनको क्रेज

उमेर ६ वर्ष । कक्षा ३ । तर बुटवलका क्रिजन गौतमको प्रतिभा भने निकै लोभ लाग्दो छ । बुटवल आसपासमा आयोजना हुने हरेकजसो कार्यक्रममा उनी कार्यक्रम सञ्चालकका रूपमा देखा पर्छन् । जब उनी स्टेजमा उक्लिन्छन्, उनको प्रस्तुतिले हरेकको मन छुन्छ । कुनै परिपक्व व्यक्तिजस्तै कार्यक्रम सञ्चालन गर्छन् । हसाउँछन्, नचाउँछन् । उद्घोषणकै क्रममा नृत्य गर्छन् । र, दर्शकहरूलाई लठ्ठै बनाउँछन् । उनको प्रस्तुतिले चारैतिर वाहवाही बटुल्छ ।

क्रिजनको क्रेज

बैंकक घुम्दा...

संसारमा घुम्नका लागि राम्रा ठाउँ धेरै छन् । यस्ता मनोरम ठाउँ घुम्ने धेरैको धोको हुन्छ । तर सबैले सबै धोको पूरा गर्न पाएका हुँदैनन् । नयाँ–नयाँ ठाउँ घुम्न पाउँदा मन रमाउँछ ।

बैंकक घुम्दा...

सानाको दीक्षान्त

दीक्षान्त भनेको निश्चित तह उत्तीर्ण गरी आफू पढेको शैक्षिक संस्थाबाट बाहिरिनु हो । धेरैजसो मुलुकमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेपछि विश्वविद्यालयहरूले दीक्षान्त गर्ने गर्छन् । चीनमा भने विद्यालय तहदेखि नै विशेष समारोह गरी विद्यार्थीलाई दीक्षान्त गर्ने चलन छ ।

सानाको दीक्षान्त

अचम्मको चरा

तस्बिरका चरा हेर । यिनको नाम हो– घाउँके हावासिल । विश्वमै संकटमा पर्न लागेका यी चरा हालै रुपन्देहीमा देखामा परेका छन् । गैडहवा ताल र आसपासका क्षेत्रमा एक महिनाअघि यी देखिएका हुन् । घाउँके हावासिल चराको आहारा माछा र भ्यागुता हुन् । यसको वाण जस्तो ठोंडले आहारलाई मज्जाले सिकार बनाउँछ ।

अचम्मको चरा