झोला

कविता

काठमाडौँ — मैले पढ्ने कापीकिताबबोक्छ मेरो झोला,यही झोला बोकी म ततर्छु जिन्दगीको खोला ।

झोला

पुस्तक, कापी, कलम, खाजा
सबै अट्छ झोलाभित्र,
घरदेखि स्कुलसम्म
झोला नै हो असल मित्र ।
झोलाभित्र सुरक्षित
राख्छु मैले सबै कुरा,
झोला बोक्न पाए काँधमा
खुसी हुन्छन् सबै भुरा ।
लेखपढ गर्‍यो किताब राख्यो
स्वाट्ट चेन लायो,
राम्रो पढ्ने लेख्नेले नै
सधैँ झोला बोक्न पायो ।

-क्षितिज्मा गुरुङ, कक्षा–६
बालोदय माध्यमिक विद्यालय, काठमाडौं

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?