कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुमला

काठमाडौँ — यी हुन्, सुमला साम्पाङ राई । उनको घर इलाम जिल्लाको देउमाई नगरपालिका– २ मा पर्छ । आमा वुबाकी यी कान्छी छोरी अहिले १५ वर्षकी भइन् ।

सुमला

उनको कम्मरमुनिको भाग चल्दैन । त्यसैले हिँडडुल गर्न सक्दिनन् । ह्वीलचेयरमा बस्छिन् । बिरामी परेकैले उनले ३ कक्षासम्म मात्र पढ्न सकिन् । तैपनि असाध्यै राम्रा चित्र बनाउँछिन् ।

‘म तीन कक्षासम्म पढ्दा हिँड्न सक्थेँ । त्यसपछि खुट्टा कमजोर भए र हिँड्न सकिनँ अनि पढ्न छोड्नुपर्‍यो, उनी भन्छिन्, ‘उपचार गर्दा पनि निको भएन । हातहरू पनि खासै बलिया छैनन् । तैपनि पनि म चित्र बनाउन सक्छु । चित्र बनाउन पाउँदा खुसी लाग्छ ।’

सुमलाको साथीरूसँगै विद्यालय गएर पढ्ने रहर पूरा हुन पाएन । तैपनि उनी घरमै किताब पढिरहेकी छन् । घाँटीको पछाडिपट्टि अप्रेसन गर्दा खुट्टा नचलेर उनी हिँड्न नसक्ने भएकी हुन् ।
सुमला दिनभरि ह्वीलचेयरमा बसेर राम्रा राम्रा चित्र बनाउँछिन् ।

भगवान, जनावर, चरा, फूल, प्रेमीप्रेमिका आदिको चित्र बनाउन उनलाई मन पर्छ । घरमा रोपेका फूल हेरेर रमाउँछिन् । बाल गीतहरू सुन्न मन पराउँछिन् । कोही भेट्न गयो भने खुसी हुन्छिन् । आफ्ना चित्र हेर्न अनुरोध गर्छिन् ।

किताब पढ्छिन् । हिँड्न नसके पनि निराश हुन्नन् । केही न केही नगरी समय बिताउन्नन् । कहिल्यै कसैसँग रिसाउन्नन् । हाँसेर बोल्छिन् । त्यसैले उनको अनुहार जहिल्यै उज्यालो देखिन्छ ।


गाउँको एउटा कुनामा बस्ने भएकाले उनी चित्र बनाउन चाहिने गुणस्तरीय रङ र ड्रइङ पेपर सजिलै उपलब्ध छैन । जे उपलब्ध छ, त्यसैबाट पनि आफ्नो कला देखाउँछिन् । हिँड्डुल गर्न नसक्ने भए पनि उनको सिर्जनामा कुनै कमी देखिन्न ।

सुमला भविष्यमा सफल चित्रकार बन्न चाहन्छिन् । आफ्ना चित्र सबैले देखून् र तिनीहरूबाट केही न केही सिकून् भन्ने उनको चाहना छ । ‘लगनशील भएर निरन्तर लागिपरे भने कसो नसकँुला त ?’ उनी भन्छिन्, ‘म मेरा साथीहरूलाई पनि यही सल्लाह दिन्छन् । हामी सबै आजैदेखि असल कामका लागि मिहिनेत गर्न थालौँ है ।


बालिका थपलिया

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?