कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वर्षा ऋतु

कविता

काठमाडौँ — साउन–भदौ वर्षा ऋतुधेरै पानी पर्छ ।यो बेलामा स्कुल जान गाह्रो हुने गर्छ ।

वर्षा ऋतु

हिलो हुन्छ जताततै
सधंै बाटोभरि ।
पानी जमी सडक बन्छ
पोखरी नै सरि ।।
पानी छयाप्दै गुड्छ मोटर
लुगा हुन्छ हिलो ।
रुझ्दै भिज्दै स्कुल पुग्न
हुन्छ सधंै ढिलो ।।
चिप्लिएर लड्दै पनि
हामी स्कुल जान्छौं ।
पढीलेखी भविष्यमा
ठूलो मान्छे बन्छौं ।।

दिव्यम ढुंगाना, कक्षा–४
ललितपुर माध्यमिक विद्यालय, ललितपुर

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?