३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढुकुरका जोडी

कविता

काठमाडौँ — एकले अर्कालाई कतैजान्नन् कहिल्यै छोडी,मिलीजुली बस्छन् सधैं ढुकुरका जोडी ।

ढुकुरका जोडी

यताउति हेर्छन् सधैं
रूखको डालीमाथि बसी,
सँगैसँगै रमाउँदै
माया बाँड्छन् कति ?
टपटप चारा टिप्दै
माकुर–कुर गर्छन्,
घरको वरिपरि सधैं
मीठो आवाज छर्छन् ।
खोजीखोजी खाने गर्छन्
धान, चामल, कोदो, गहुँ,
देख्दै सुन्दर ढुकुर–जोडी
लाग्छ सधैं हेरिरहूँ ।

कला कोइराला, कक्षा–८
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?