सानैमा ठूलो पर्दा

राजाराम पौडेल

काठमाडौँ — आयुब सेन ७ वर्षका भए । उनी राजधानीको एक स्कुलमा कक्षा ३ मा पढ्छन् । सात वर्षको उमेरमै ‘मेरी मामु’ चलचित्रमा प्रमुख भूमिका निभाएकाले यति बेला उनको चर्चा बढिरहेको छ । चलचित्रमा अभिनय गर्ने रुचिसँगै चलचित्र निर्माता बुबा सन्तोष सेनको सहयोगका कारण सानो उमेरमै उनले ठूलो पर्दामा देखिने अवसर पाएका हुन् ।

सानैमा ठूलो पर्दा

सानो उमेरमै चलचित्रमा अभिनय गर्न त्यति सहज थिएन । तर उनको लगाव र मिहिनेतले यसलाई सहज बनाइदियो ।

आयुबले चलचित्रमा अभिनय गर्नु अगाडि मण्डला थिएटरमा ६ महिना अभिनयको कक्षा लिएका थिए । त्यहाँ सिकेका कुराले उनमा केही परिपक्वता आयो । आत्मविश्वास बढायो । बुबा सन्तोष सेन चलचित्र निर्माता भएकाले पनि उनलाई केही सहज भयो । चलचित्रमा उनी गम्भीर भूमिकामा छन् । उनी ४–५ वटा मात्र डाइलग बोल्छन् । त्यो पनि कुकुरसँग । किनकि चलचित्रमा उनी कुकुरसँग अलि क्लोज छन् । घरमा कुनै समस्या परिसकेपछि बालमनोविज्ञानमा परेको प्रभावलाई उनले अभिनयमार्फत देखाएका छन् । चलचित्रमा एक्लै बस्ने, भाडा फाल्ने र किताब च्यात्ने स्वभाव उनले देखाएका छन् । ‘छायांकनका सुरुवाताका दिन केही असजिलो महसुस भयो,’ उनले भने, ‘तर पछि सहज बन्दै गयो ।’ उलने भविष्यमा आफू सफल हिरो बन्ने बताए ।

चलचित्रको फस्ट लुक र ट्रेलर सार्वजनिक भएपछि स्कुलमा धेरैले यसबारे सोध्न थालेको उनले बताए । ‘मेरा स्कुलका साथी र शिक्षकले पनि ट्रेलर मन पर्‍यो, चलचित्र पनि हेर्छौं भन्नुभएको छ,’ उनले सुनाए ।

आयुबको पुरानो गाउँ स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ८ बहाकोट हो । उनको अहिले बुद्धचोक पोखरामा घर छ । हाल उनी परिवारका साथ काठमाडांैमा बस्छन्् ।
यम थापाको लेखन/निर्देशन रहेको यो चलचित्रमा अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ल लगायतले अभिनय गरेका छन् । बाबुआमाको घरझगडाले बालमस्तिष्कमा कस्तो असर पर्न सक्छ भन्ने विषयवस्तु चलचित्रमार्फत देखाइएको छ । चलचित्र भाद्र १५ गते शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?