कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बुबाप्रति सम्मान

काठमाडौँ — नेपाललाई ४ जात २६ वर्णको साझा फूलबारी मानिन्छ । यसले हाम्रो जातजातिका साथै भाषा–संस्कृति र धार्मिक विविधतालाई झल्काउँछ । अनेकतामा एकता भएको हाम्रो देशमा वर्षभरि धेरै चाड पर्व मनाइन्छ ।

बुबाप्रति सम्मान

तीमध्ये भाद्र कृष्ण पक्ष औंसीका दिन पर्ने कुशेऔंसी पनि एक प्रमुख मानिन्छ ।

यस दिनलाई बुवाको मुख हेर्ने दिनको रूपमा पनि मनाउने प्रचलन छ । बुबा सन्तानका लागि गुरु हुन् । एक रक्षक र कुशल अभिभावक हुन् । त्यसैले बुबाको मुख हेर्न दिनको महत्त्व बुबाप्रतिको भक्तिभाव वा श्रद्धाका लागि अत्यन्त महत्त्वपूर्ण छ । यस दिन बुबालाई मीठो मीठो खाना र उपहार दिने र उहाँबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ । बालबालिकाले मात्र होइन, ठूला मानिसले पनि आफ्नो बुबाका लागि विशेष दिनको रूपमा यसलाई लिन्छन् । बुबा नहुनेले यो दिन बुबाको नाममा सम्मान स्वरूप पिण्ड चढाउने र तर्पन दिने वा श्रद्धाभाव व्यक्त गर्ने गर्छन् ।

यही दिन हिन्दुका घरमा कुश भित्र्याउने गरिन्छ । कुश एउटा पवित्र घाँस हो । भाद्र औंसीको दिन घरमा कुश ल्याउने र त्यो कुश धार्मिक कार्य वा पितृकार्यमा शुद्धीकरणका लागि तामाको लोटीमा राखेर वा आंैठी बनाएर प्रयोग गर्ने चलन छ । कुशको प्रयोग हिन्दुधर्मावलम्बीले १६ संस्कारमा नै अनिवार्य रूपमा गर्ने गर्छन् ।

संस्कृति फँुयाल, कक्षा–१०
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?