मेरो गाउँ

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — मेरो सानो गाउँकति सुन्दर ठाउँफूलबारी त्यसको नाउँ ।।

खोलानालाले सजिएको छ
भाषाभेषले भरिएको छ
सबैभन्दा राम्रो गाउँ
भुल्दिनँ म कहिल्यै जन्मेको ठाउँ ।

लालीगुराँस हाँसेको हुन्छ त्यहाँ
डाँफे मुनाल नाचेको हुन्छ त्यहाँ
आहा हेर न मेरो गाउँ
घुम्न जाऔँ न साथी हाम्रो ठाउँ ।।

-प्रमिशा पौडेल, कक्षा–९
एसओएस हर्मन माइनर विद्यालय, काभ्रे

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घडी

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — दिउँसोभरि समय देखाउनेकाम गर्छ यसले हामीलाईधेरै महत्त्व हुन्छयसको हामी सबैलाई ।।

दिउँसो बेलुकाभरि नथाक्ने यो घडी
हुन्छ यसमा तीन वटा छडी
तीन वटा दाजुभाइ छुट्टिएर
दिन्छ समय हामी सबैलाई ।।

एउटा सुई चाँडो घुम्छ
अर्को अलि ढिलो
मोटो सुई लोसे हुन्छ ।
समयको होस् गर है भाइ हो ।।

बिहान बेलुकै समय देखाउँछ
हामीलाई समयसँग हिँड्न सिकाउँछ
कत्ति राम्रो मेरो घडी
यसमा हुन्छ तीनवटा छडी ।।

-विपाशना चालिसे, कक्षा–९
अरुणिमा मावि, बौद्ध, काठमाडौं

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT