दिमागबारे १० तथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — १. मानिसको मस्तिष्कले कति सम्झन सक्छ भन्ने कुराको कुनै सीमा हुँदैन । २. मानिसको ‘सर्ट टर्म मेमोरी’ ले थोरै जानकारीहरू मात्र सम्झन सक्छ ।

३. नयाँ कुराहरू सिक्दा मस्तिष्कमा विभिन्न परिवर्तनहरू हुन्छन् ।
४. सजिलै र तत्कालै सूचना प्राप्त गर्ने व्यक्तिले छिट्टै बिर्सने सम्भावना ज्यादा हुन्छ ।
५. मस्तिष्कले त्यस्तो जानकारी लामो समय सम्झिराख्छ जुन नित्तान्त नौलो हुन्छ ।
६. एक पटक लिएको जानकारीभन्दा पटकपटक लिएको जानकारी राम्ररी सम्झिइन्छ ।
७. झन्डैझन्डै बिर्सिसकेको कुरा सम्झियो भने त्यसपछि बिर्सने सम्भावना कम हुन्छ ।
८. शिशु आमाको कोखमा हुँदादेखि नै स्मरणशक्ति विकास हुन थाल्छ ।
९. सूचना वा जानकारीहरू मस्तिष्कका विभिन्न भागमा छरिएर बस्छ ।
१०. जानकारीलाई कति बढी चासो दिइएको छ, उत्ति नै राम्ररी सम्झनामा रहन्छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घडी

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — दिउँसोभरि समय देखाउनेकाम गर्छ यसले हामीलाईधेरै महत्त्व हुन्छयसको हामी सबैलाई ।।

दिउँसो बेलुकाभरि नथाक्ने यो घडी
हुन्छ यसमा तीन वटा छडी
तीन वटा दाजुभाइ छुट्टिएर
दिन्छ समय हामी सबैलाई ।।

एउटा सुई चाँडो घुम्छ
अर्को अलि ढिलो
मोटो सुई लोसे हुन्छ ।
समयको होस् गर है भाइ हो ।।

बिहान बेलुकै समय देखाउँछ
हामीलाई समयसँग हिँड्न सिकाउँछ
कत्ति राम्रो मेरो घडी
यसमा हुन्छ तीनवटा छडी ।।

-विपाशना चालिसे, कक्षा–९
अरुणिमा मावि, बौद्ध, काठमाडौं

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT