सिर्जनशील शनिबार

कान्तिपुर संवाददाता

काठमाडौँ — साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी बालबालिकाले प्रस्तुत गरेका विषयलाई रेडियोमार्फत सबैलाई सुनाउँछिन् । ‘साथीहरूले दु:ख गरी तयार पारेका प्रस्तुति अरूका लागि पनि उपयोगी हुन्छन्,’’’ उनले भनिन्, ‘त्यसैले रेडियो कार्यक्रमबाट सबैसामु पुर्‍याइरहेका छौं । यसले अरू बालबालिकालाई पनि उत्साही बनाइरहेको छ ।’’ ।

साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी बालबालिकाले प्रस्तुत गरेका विषयलाई रेडियोमार्फत सबैलाई सुनाउँछिन् । ‘साथीहरूले दु:ख गरी तयार पारेका प्रस्तुति अरूका लागि पनि उपयोगी हुन्छन्,’’’ उनले भनिन्, ‘त्यसैले रेडियो कार्यक्रमबाट सबैसामु पुर्‍याइरहेका छौं । यसले अरू बालबालिकालाई पनि उत्साही बनाइरहेको छ ।’

शनिबार के गर्छौ ? कतै घुमघाम । साथीभाइसँग भेटघाट । कि घरमै बसेर टीभी हर्ने ? घोराहीका साथी हरेक शनिबार सिर्जनशील बनाउँछन् । केही न केही सिर्जनशील काम गर्छन् । प्रत्येक शनिबार साथीहरू जम्मा हुन्छन् । कुनै विषयमा मन्तव्य दिन्छन् । त्यस विषयमा अरूले टिप्पणी र बहस गर्छन् । सुधार गर्नुपर्ने विषयमा सल्लाहसुझाव दिन्छन्, लिन्छन् । अर्को शनिबार कसले कुन विषयमा बोल्ने भनेर एक साताअघि नै निश्चित गरिन्छ । आफ्नो रुचिअनुसार प्राप्त विषयमा साताभरि तयारी गर्छन् । अनि गहकिलो र जानकारीमूलक मन्तव्य दिन्छन् । केही बेरको विषयगत छलफलपछि आआफ्नो रुचिका पुस्तक पढ्न थाल्छन् । घोराही उपमहानगरपालिका १४ स्थित सर्वोदय बाल क्लबमा आबद्ध भाइबहिनीले शनिबारलाई सिर्जनशील बनाउन ७ वर्षदेखि यस्तो अभ्यास गरिरहेका छन् । बालबालिकाका लागि छुट्टै पुस्तकालय पनि छ । उनीहरू पुस्तकालयमा आआफ्नो रुचिका पुस्तक पढ्छन् । जानेका विषयमा आपसमा छलफल पनि गर्छन् ।

सिर्जनशील क्षमता विकास गर्न क्लबका सबै निकै उत्साही हुन्छन् । ‘हरेक साता नयाँ विषयमा बोल्ने र लेख्ने अभ्यास गर्छौं । एकले प्रस्तुत गरेको विषयमा अरूले सल्लाहसुझाव दिने गर्छौं,’ क्लबकी सहसचिव लक्ष्मी श्रेष्ठले भनिन्, ‘यसले हामीलाई नयाँ विषयको जानकारी हुन्छ । लेख्ने र बोल्ने विषयमा तयारी गर्न सघाउँछ ।’ ५ कक्षामा अध्ययनरत श्रेष्ठ नियमित पाठयपुस्तकबाहेक विभिन्न विषयमा जानकारीसमेत लिइरहेकी छन् ।

यी बालबालिका विभिन्न विषयमा भएका प्रस्तुतिलाई रेकर्ड गरी रेडियोमा बजाउँछन् । साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी बालबालिकाले प्रस्तुत गरेका विषयलाई रेडियोमार्फत सबैलाई सुनाउँछिन् । ‘साथीहरूले दु:ख गरी तयार पारेका प्रस्तुति अरूका लागि पनि उपयोगी हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले रेडियो कार्यक्रमबाट सबैसामु पुर्‍याइरहेका छौं । यसले अरू बालबालिकालाई पनि उत्साही बनाइरहेको छ ।’

नेतृत्व विकासका लागि पालैपालो नेतृत्व, माइन्युट लेखन र कार्यक्रम सञ्चालन गर्ने गरेको क्लबका अध्यक्ष चन्द्रप्रकाश नेपालीले बताए । ‘विभिन्न पदमा पालैपालो नेतृत्व गर्छौं । यसले विस्तारै सबैको नेतृत्व क्षमता विकास गर्छ,’ उनले भने, ‘हरेक बैठकमा फरकफरक सदस्यले माइन्युट लेख्छौं । यसबाट सबैको लेखन सीप विकास हुन्छ । हरेक कार्यक्रमका फरकफरक सञ्चालक हुन्छौं । यसले आत्मविश्वास वृद्धि गरेको छ ।’

क्लबले विभिन्न सामाजिक विकृति सुधारको सन्देशसहित सडक नाटक प्रदर्शन, सरसफाइ, वृक्षरोपणजस्ता कामहरू गर्दै आएको क्लबका सल्लाहकार नवीन श्रेष्ठले बताए । सामाजिक अभियानमा नेतृत्व गरेका कारण समाजमा बेग्लै पहिचान भएको उनले बताए । ‘कुनै नयाँ कामको सुरुवात गर्दा बाल क्लबलाई बोलाइन्छ । हाम्रो पनि सक्रिय सहभागिता हुन्छ,’ उनले भने, ‘हाम्रो क्षमताको उपयोग हुन पाएको छ ।

गाउँ समाजमा हाम्रो पहिचान पनि भएको छ ।’ २०६८ मा गठन भएको क्लबले हालसम्म विभिन्न रचनात्मक काम गरेर सबैलाई प्रभावित बनाएको स्थानीय टोल विकास समितिका अध्यक्ष नुमानन्द आचार्यले बताए । ‘सुरुमा सामान्य बैठक मात्रै बस्दै आएको क्लबले विस्तारै बालविवाह, बालश्रम, दुव्र्यसनजस्ता महत्त्वपूर्ण समस्याविरुद्ध चेतना जगाउने अभियान चलाउन थाल्यो,’ उनले भने, ‘यी अभियानले हाम्रो गाउँटोललाई गलत गतिविधिबाट टाढै राख्यो । समाज सुधारमा धेरै टेवा पुग्यो । हरेक बालबालिका क्लबमा आबद्ध हुने र विभिन्न जिम्मेवारी लिने क्रम चलिरहन्छ ।’

राप्ती अञ्चलकै पुरानो सर्वोदय पुस्तकालयभित्र उनीहरू आफ्ना हरेक गतिविधि गर्छन् । त्यसभित्र नै छुट्टै बाल पुस्तकालयको व्यवस्था छ । बालबालिका हरेक शनिबार पुस्तकालयमै समय बिताउँछन् । विभिन्न रचनात्मक क्रियाकलाप र अध्ययन गर्ने उनीहरूको नियमित समयतालिका छ । बालबालिकाले प्रविधिमै अध्ययन गर्न पाउने गरी ई–लाइब्रेरी स्थापनाको तयारी गरेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमले बताए । ‘बालबालिकालाई उपयोगी हुने धेरै पुस्तक राखिएको छ । निकै रुचिका साथ अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘समयअनुसार इमेल इन्टरनेटको आवश्यकता बढेकाले इन्टरनेटबाट चाहेका विषयवस्तु पढ्न सकिने गरी बालबालिकाका लागि छुट्टै प्रविधियुक्त पुस्तकालय व्यवस्था गर्दै छौं ।’

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पक्कु र दर

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रभा तिमीले होमवर्क सक्यौ ?’‘तिमीले ?’‘तिमीले के गर्‍यौ, पैले तिमी भन न ।’ ‘मैले त छैन । ममी मामाघर गइस्यो । बाबाले जानिसिन्न । कसरी सक्नु नि होमवर्क ?’‘त्यसो होइन क्या, बाबालाई सोधन, जानिसिन्छ होला । मैले त सकें नि, बाबामामु दुवैले सिकाइस्या ।’ भदौको एक बिहान प्रभा र आभाले यसरी गफ गरे ।

गफ सकेपछि दुवै बालिका आ–आफ्ना घरभित्र गए । उनीहरू दुवै ओल्लोपल्लो घरका छिमेकी थिए । त्यसो त उनीहरू दुवैको पुख्र्यौली घर काठमाडांै होइन । फरकफरक ठाउँका उनीहरूका बुबाआमा काठमाडौं आएपछि छिमेकी बने । तर यी दुई बालिका भने काठमाडौंमै जन्मिएकाले जन्मँदादेखि नै छिमेकी बने । उनीहरूको उमेर मिल्दो थियो । स्कुल र पढ्ने कक्षा पनि एउटै थियो । अहिले उनीहरू पाँचमा पढ्थे । दुवै खुब मिल्थे पनि ।

उनीहरूको स्कुलमा नेपाली विषय गुरुआमाले पढाउनुहुन्थ्यो । उहाँ पुस्तकका पाठ पढाउनुका अतिरिक्त समय र सन्दर्भअनुसार चाड, पर्व, संस्कृति र संस्कारका बारेमा पनि कुरा गर्नुहुन्थ्यो । यति बेला पनि तीजले सहरलाई छोइसकेको थियो । हिजो गुरुआमाले उनीहरूको कक्षामा भन्नुभयो, ‘भोलि म तिमीहरूलाई तीजका बारेमा भन्छु । त्यो भन्दा पहिले यसपालि तिम्रो घरमा तीज कसरी मनाउने योजना छ भन्ने बारेमा आमाबुबालाई सोधेर लेखेर ल्याऊ है ।’ प्रभा र आभालाई आज यही काम सक्नु थियो ।

‘मैले हिजो दिएको काम सबैले पूरा गरेको छ है,’ भोलिपल्ट आफ्नो घण्टीमा गुरुआमा आएपछि भन्नुभयो । ‘गरेका छौँ गुरुआमा,’ यो विद्यार्थीेहरूको सामूूहिक आवाज थियो ।
‘ल, आफ्नो पालोमा आफूले लेखेर ल्याएको योजना सुनाउँदै जाने है,’ गुरुआमाले पालो लगाउनुभयो । विद्यार्थीले स्वीकार गरे ।

सुरुमा आभाको पालो पर्‍यो । उनले आफ्नो परिवारको तीजको योजना सुनाइन् । यसपालिको तीज उनको घरमै मनाउने रे । टोलका सबैसँग पालो मिलाउँदा उनीहरूको पालो छिट्टै परेको रहेछ । पोहोरपरारका कार्यक्रममा भेज खानेकुरा मात्र हुँदा धेरैले खल्लो मान्नुभयो रे । त्यसैले यो वर्ष खसी पनि काट्ने रे । आमाले त नयाँ गहना र लुगा किनिसक्नुभयो रे र उनका लागि पनि नयाँ लुगा ल्यादिइसक्नुभएको छ रे ।

आभापछि करिस्माको पालो आयो । उनले पनि आफ्नो घरको तीजको कार्यक्रमको योजना सुनाइन् । यस वर्ष उनीहरूको घरबाट ‘ग्रान्ड पार्टी’ दिने पालो रहेछ । टोल छिमेकका सबैले आफ्नो पालोमा पार्टी दिँदा रहेछन् । पालोको अन्तिममा अलि विशेष कार्यक्रमसहित पार्टी प्यालेसमा ककटेल डिनरको आयोजना गरिँदो रहेछ । यसलाई उनीहरू ‘ग्रान्ड पार्टी’ भन्दा रहेछन् र यस वर्ष यसको पालो करिस्माको परिवारको रहेछ । उनीहरूको पालो तीजको व्रतभन्दा केही पछाडि परेको भए तापनि उनीहरूले पैसाको बन्दोबस्त र पार्टी प्यालेस फिक्स गरिसकेका रहेछन् ।

यसैगरी सबैले आआफ्नो घरको योजना सुनाए । प्रभाको पालो आएपछि गुरुआमाले उनलाई सोध्नुभयो । उनले होमवर्क गरेकी थिइनन् । उनले भनिन्, ‘मामु घरमा आइसेन । उहाँ आइसेपछि सोधेर भोलि हेमवर्क बुझाउँछु ।’

हरिमायाको पालो अन्तिममा आयो । उनले सबै साथीका भव्य र महँगा तीज कार्यक्रमका योजना सुनिसकेकी थिइन् । त्यसैले होमवर्क भन्न गाह्रो मानिन् । महँगो स्कुल पढ्ने भए तापनि उनी सम्पन्न परिवारकी थिइनन् । उनका बाआमा सहरमा मजदुरी काम गर्नुहुन्थ्यो । पढाइ राम्रो भएको र बुबाले धेरैपल्ट अनुरोध गरेपछि उनले त्यहाँ छात्रवृत्तिमा पढ्न पाएकी थिइन् । गुरुआमाले कर गरेपछि रातोपिरो मुख पार्दै उनले होमवर्क पढिन् । ‘यसपालि हाम्रो घरको तीजको कार्यक्रम करिब सधैंजस्तै हुने छ । दुई दिन बाबा काममा जानुहुन्न । दर खाने अघिल्लो दिन बुबा फुपूलाई लिन जानुहुन्छ । आमालाई त्यति सन्चो छैन । यसपालि उहाँ मावल जानुहुन्न । व्रत बस्ने अघिल्लो रात आमाले दर पकाउनु हुन्छ । करेलाको पक्कुसँग दर खान खुब मीठो हुन्छ । राति उठेर सबै जना दर खान्छौँ । कमजोर स्वास्थ्यको कुरालाई ख्याल गरेर बुबाले आमालाई यस वर्ष खाली पेट नबस्न भन्नुभएको छ । तर आमाले दिनभर व्रत बस्न सकिनँ भने पनि सकेजति समयचाहिँ बस्छु भन्नुभएको छ । पूजाका लागि गुरुलाई पनि छिट्टै डाक्नुभएको छ । पूजा सकिएपछि आमा र फुपूले फलफूल, दूध खानुहुन्छ होला ।’

यसपछि तीजबारे गुरुआमाले बोल्नुभयो । उहाँले हरिमाया र उनको परिवारलाई स्याबासी दिनुभयो । कक्षाका साथीहरू ‘पक्कु’ र ‘दर’ कस्तो हुने रहेछ भनेर छक्क परिरहेका थिए । गुुरुआमाले तीजको परम्परा, महत्त्व र संस्कृतिका बारेमा भन्नुभयो । हाम्रा चाडपर्वलाई देखासिकीको तथा भड्किलो बनाउनु नहुने र हरिमायाको परिवारले जस्तै साधारण बनाएर मान्नुपर्ने कुरा गर्नुभयो । कक्षाको समय सकिन लाग्दा आभा, प्रभा र करिस्मा घरैमा ‘पक्कु’ र ‘दर’ पकाइमागेर खाने सल्लाह गर्दै थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT