छन्द प्रतियोगिता

काठमाडौँ — राजधानीमा उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय छन्द कविता वाचन प्रतियोगिता भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी थिए । स्थापित स्रष्टाको छन्द कविता वाचन गर्नुपर्ने उक्त प्रतियोगिताको मूल्यांकन गति, यति, लय, हाउभाउ र प्रस्तुति–संयोजनका आधारमा गरिएको थियो ।

छन्द प्रतियोगिता

प्रतियोगितामा रत्नराज्य माविकी ऋचा कँडेल प्रथम, मोक्षदा स्कुलकी तारा लामा द्वितीय र भक्तपुर निस्ट स्कुलकी अदिति तिमल्सिना तृतीय भए । रातो बंगला स्कुलका अंकुर गुरागाईंले सान्त्वना पाए । विजयीलाई पुरस्कार, पदक र प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक घनश्याम कँडेलले छन्द संरक्षणका लागि यस्तो प्रतियोगिता महत्त्वपूर्ण भएको बताए । भाषाविद् एवं साहित्यकार ‘गाउँले’ बलदेव अधिकारीले भाषिक परिवर्तनका नाममा नयाँ पुस्ताले पुराना स्रष्टाका सिर्जना उपेक्षा गर्न नहुने बताए । आयोजक स्कुल काञ्जीरोवा नेसनल माविका कार्यकारी निर्देशक महेन्द्र खनालले डेढ दशकदेखि विद्यालयले यस्तो प्रतियोगिता गर्दै आइरहेको जानकारी दिए । उक्त अवसरमा निर्णायकले पनि छन्द कविता वाचन गरेका थिए । निर्णायकहरूमा बलदेव अधिकारी, रमेश शुभेच्छु र प्रभा भट्टराई थिए ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?