कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हलेसी गुफा

विमल खतिवडा

काठमाडौँ — खोटाङको हलेसी महादेवस्थान पूर्वको पशुपतिनाथका रूपमा परिचित छ । काठमाडौंबाट हलेसी २ सय २२ किलोमिटरमा छ । बीपी राजमार्गबाट मध्य पहाडी राजमार्ग हुँदै गुफा पुगिन्छ ।

हलेसी गुफा

सुनकोसी र दुधकोसी नदीमा मोटरवेल पुल बनेपछि यात्रा सहज बनेको छ । हलेसी महादेव गुफामा तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले महन्त मनोहर गिरीका नाममा विसं. १८६१ सालमा ताम्रपत्र दिएपछि पूजा गर्न सुरु गरिएको इतिहासमा पाइन्छ । हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ मा पर्छ ।

पहिलो पटक पुग्नेहरूलाई गुफाले आकर्षित गर्छ । प्रवेशद्वारबाट गुफा ६० मिटर तल गहिरोमा छ । मन्दिर छिर्ने ठाउँमा घण्टहरू झुन्डयाइएका छन् । गुफाहरूमा हलेसी महादेव गुफा, बसाहा थान गुफा, भैरव थान गुफा, मञ्जुश्री गुफा रहेका छन । हलेसी किरात धर्म, बौद्ध धर्म र हिन्दु धर्मको संगमस्थलको रूपमा परिचित छ । गुफामा तीनवटै धर्मावलम्बीले एउटै विधिमा पूजा गर्छन् ।

शैक्षिक भ्रमणमा टाढाटाढादेखि विद्यालयका शिक्षक तथा विद्यार्थी आउन छुटाउँदैनन् । मन्दिर छेवमै बौद्ध धर्मावलम्बीहरूको गुम्बा छ । बसाहा गुफामा चमेरा देख्न पाइन्छ । महादेव गुफामा पापद्वार र पुण्यद्वार छन् । त्यहाँबाट छिरे पाप मोक्ष हुने र धर्म आर्जन हुने विश्वास छ । मन्दिर सदरमुकाम दिक्तेलबाट ३७ किमि उत्तरमा पर्छ । हलेसीमा अहिले महन्त मनोहर गिरीका वंशधर अविवाहित कुमार केटाले विधिपूर्वक विहान बेलुका नित्यपूजा चलाउंदै आएका छन् । हलेसी मन्दिरका पूजारी अहिले ९ बर्षिय सुशिल गिरी र ८ बर्षिय सुदिन गिरी छन् ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?