कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वनभोज

कथा
कमिलाले फटयांग्रोलाई चेतावनी दिइरहयो । अति भएपछि आफ्नो बचाउका लागि कमिलो ओडारभित्र पस्यो । फटयांग्रोले चाहिँ वनभोज खान पनि पाएन ।

काठमाडौँ — एक दिन कमिलो र फटयांग्रो वनभोज खान हिँडे । कमिलो परिश्रमी थियो । फटयांग्रो अल्छी थियो । उनीहरूले वनभोजलाई चाहिने कुरा लगभग सबै पोको पारेर बोकेका थिए ।‘दाउराचाहिँ नजिकै जंगल छ, उतै खोजौंला’ भनेर ल्याएनन् । फटयांग्रोले मनोरञ्जनका लागि गिटार पनि बोकेको थियो ।

वनभोज

गृष्मऋतुको बेला थियो । घाम चर्को लागेको थियो । गर्मी बढिरहेको थियो । उनीहरू एउटा ठूलो रूखको फेदमुनि पुगे । फटयांग्रोले भन्यो, ‘अलि पर जाउँ न यहाँ नबसौँ ।’ कमिलो दूरदर्शी थियो । उसले भन्यो, ‘अझै कति टाढा जाने ? भरे पानी पर्‍यो भने आपत् पर्छ । भयो टाढा नजाने ।’ फटयांग्रो अनकनाउँदै बस्यो । कमिला दाउरा खोज्न हिँडयो । फटयांग्रो गिटार बजाउँदै बस्यो । कमिलोले दाउरा ल्यायो । फटयांग्रो अझै बसिरहेकै थियो । कमिलोले भन्यो, ‘ए साथी १ आऊ पहिले खानेकुरा तयार पारौँ । मौसमको भर हुन्न । पानी पर्‍यो भने भागाभाग गर्नुपर्छ ।’ फटयांग्रो अझै बिन्दास भएर भन्यो, ‘सुन न, म गिटार बजाउँछु, गीत गाउँछु तिमी सुन । केको हतार हो, जिन्दगीमा ? आउँदैन पानीसानी ।’

कमिलो एक्लैले सबै काम भ्याउँदा पनि फटयांग्रो सघाउन आएन । ‘ल साथी १ वनभोज तयार भयो, अब खाने हो,’ कमिलोले पसिना पुछ्दै भन्यो । ‘अहिल्यै खाने र भन्या ?’ फटयांग्रोले गिटारको तार औँलाले खेलाउँदै भन्यो ।

‘उ: आकाशमा कालो बादल मडारिन थाल्यो, देखेनौ ?’ कमिलोले पानी पर्ने सम्भावना दर्सायो । ‘आ, हुन देऊ, तिमी खाऊ ।’ अझै ऊ बेपर्वाहसँग बोल्यो । अब भने कमिलोले उसको कुरा नसुन्नुमा नै बुद्धिमानी ठान्यो । आफ्नो भाग खायो । सबै सामान पनि थन्क्यायो । लगभग घर फर्किने तयारीमा कमिलो लाग्यो । नभन्दै आकाश गर्जिन थाल्यो । बिजुली चम्किँदै पानी पर्न थाल्यो । हावाहुरी पनि चल्यो । कमिलाले फटयांग्रोलाई अझै चेतावनी दिइरहयो । अति भएपछि आफ्नो बचाउका लागि कमिलो ओडारभित्र पस्यो । फटयांग्रोले वनभोज खान पनि पाएन । पानी र हावाहुरीले छयालब्याल बनायो । आफू पनि मुसा रुझेझैं रुझयो । उसलाई बल्ल समयको ख्याल भयो । त्यतिन्जेल सब लथालिङ्ग भइसकेको थियो ।

सरस्वती श्रेष्ठ

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?