मेरी आमा

कविता

काठमाडौँ — घरमा बसी काम गर्ने मेरी प्यारी आमा,मेरो दु:खमा साथ दिने मेरी प्यारी आमा ।अप्ठयारोमा साथ दिने उनै आमाले,म त सधंै ढुक्क हुने आमाको छायाले ।

मेरी आमा

दु:ख कष्ट सहेर मलाई जन्म दिनुभयो,
मेरा प्रत्येक पाइलामा हात समाउनुभयो ।
आमालाई खुसी राख्ने मेरो चाहना, अह्राएको काम गर्दा खोज्दिनँ बहाना ।।
आमा म तिमीलाई सधैं मान गर्छु,
तिम्रा हरेक सपनालाई पूरा गर्न खोज्छु ।
तिमीले देखाएको बाटो सधैं हिँड्न पाउँm
असल मानिस बनेर देखाउन सकूँ ।।

-आयुश अधिकारी, कक्षा–७
सेन्ट जेभियर्स स्कुल, गोदावरी

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?