२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

इन्द्रजात्रा

कविता

काठमाडौँ — उपत्यकाभरि चल्छइन्द्रजात्राको रमझम,जात्रा हेर्दा सबैलाईरमाइलो हुन्छ एकदम ।

इन्द्रजात्रा

लिच्छविकालको इतिहास
झल्काउने हो यो जात्रा,
हर्ष, उल्लाससँगै यसमा
छ खुसीयालीको मात्रा ।
लिंगोलाई सिँगारेर
रथमा राखी सजाउँछन्,
विधिपूर्वक पूजा गरी
मंगल धुन बजाउँछन् ।
जात्रा सुरु गर्ने उनै
गुणकामदेव राजा,
रथ घुमाउँछन् सहरमा
बजाउँदै बाजागाजा ।

-मनीषा पौडेल, कक्षा–८
नवोदित विद्याकुञ्ज, काठमाडौं

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?