कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रासरुट फुटबल

दीपक परियार

काठमाडौँ — पोखरामा ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४१ जिल्लामा प्रशिक्षण गर्ने अभियानअन्तर्गत कास्कीमा गत साता सुरु गरेको हो ।

ग्रासरुट फुटबल

कास्की जिल्ला फुटबल संघले पोखरा रंगशालामा अघिल्लो शनिबार बालबालिकासहित प्रशिक्षणको नमुना प्रदर्शन गर्‍यो । नमुना प्रशिक्षणमा कास्कीका ३० विद्यालयका ८ देखि १३ वर्षसम्मका बालबालिकाकाले खेल प्रदर्शन गरे ।

कास्कीका ग्रासरुट प्रशिक्षण कार्यक्रमका संयोजक ईश्वर गुरुङका अनुसार ८ देखि १० वर्ष र ११ देखि १३ वर्षका बाल खेलाडीलाई प्रशिक्षण गराइनेछ । उनले खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार निश्चित तालिम दिई छनोट गरिने जनाए । ग्रासरुट प्रशिक्षणकै लागि पोखरा रंगशालाको फुटबल मैदान मर्मतसम्भारमा एन्फाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विभिन्न देशमा यो कार्यक्रम लागू गरेपछि नेपालमा हालै मात्र भित्रिएको हो । विद्यालयस्तरबाटै फुटबलको जग बलियो बनाउन ल्याइएको कार्यक्रममा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलको आधारभूत ज्ञान दिइन्छ । कार्यक्रमसँगै यसका लागि आवश्यक रकमसमेत फिफाले जुटाउँछ । विद्यालय र बालबालिकालाई फुटबल प्रशिक्षण दिने क्लबबीच मैत्रीपूर्ण खेल खेलाउने र एकले अर्कोलाई सिकाउन कार्यक्रम महत्त्वपूर्ण देखिएको नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए । ‘यसको महत्त्वपूर्ण पक्ष भनेको नै भविष्यका लागि राम्रो खेलाडी उत्पादन गर्नु हो,’ उनले भने ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?