प्रिन्स एन्ड प्रिन्सेस पोखरा

राजाराम पौडेल

काठमाडौँ — दोस्रो संस्करणको लिटिल प्रिन्स एन्ड प्रिन्सेसअन्तर्गत लिटिल प्रिन्सेसको उपाधि पोखरा महानगरपालिका गगनगौडाकी १२ वर्षीया जेनिसा पुनले जितेकी छन् । ज्ञानज्योति स्कुलमा कक्षा ६ मा अध्ययनरत उनको लक्ष्य सफल मोडल र डान्सर बन्ने छ । साथी निक्कीले प्रतियोगिता हँुदै छ जाउँ भनेपछि उनी भाग लिन तयार भएकी थिइन् ।

प्रिन्स एन्ड प्रिन्सेस पोखरा

उनलाई अगाडि बढ्न ममी तथा ठूलोममीको साथ महत्त्वपूर्ण रह्यो । यसअघि विभिन्न डान्सिङ प्रतियोगितामा भाग लिएर उनी विजेतासमेत भइसकेकी थिइन् । अडिसनमार्फत छानिएपछि उनले एक महिनाभन्दा बढी तालिम लिइन् । गगनगौडाबाट नियमित पोखरा आउन उनलाई खासै सहज थिएन । तर उनको आत्मविश्वास प्रथम हुन सक्छु भन्ने नै थियो । आत्मविश्वासले यसलाई सहज बनायो ।

स्कुलबाट साढे ३ बजे छुट्टी हुनासाथ ड्रेससमेत स्कुलमै फेरेर उनी तालिमका लागि पोखरातर्फ लाग्थिन् । साढे ४ बजेदेखि साढे ६ बजेसम्म तालिममा सहभागी भएर घर फर्किन्थिन् । घर पुग्दा बेलुका ८ बज्थ्यो । यसरी गरेको मिहिनेतकै कारण अन्तत: उनले उपाधि हात पार्न सफल भइन् । प्रतियोगितामा भाग लिनुअघिको तुलनामा अहिले आफू थप निखारिएको उनको अनुभव छ । ‘कन्फिडेन्ट, समूहका अगाडि बोल्ने, र्‍याम्प वाक, व्यक्तित्व विकास लगायतबारे जान्ने मौका पाएँ,’ उनले भनिन् । पढाइसँगै अतिरक्ति क्रियाकलापमा समेत निरन्तर अगाडि बढ्दै सफल हुने उनको सपना छ । फाइनलमा पुगेका ३२ नानीमध्ये उनी उत्कृष्ट बनेकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप कक्षा ९ मा अध्ययनरत १५ वर्षीया प्रिया थापा बनिन् । सेकेन्ड रनरअप कक्षा १ मा अध्ययनरत ७ वर्षीया कृष्टिना नेपाली र थर्ड रनरअप कक्षा ६ मा अध्ययनरत १३ वर्षीया दीक्षिका केसी भइन् । रुल नेपाल स्टुडियोले आयोजना गरेको यस प्रतियोगिताको लिटिल प्रिन्स पोखरातर्फको उपाधि वरदान गुरुङले जिते । उनले फाइनलमा पुगेका २० जनामध्ये उत्कृष्ट हँुदै उपाधि हात पारेका हुन् । १५ वर्षका उनी पोखराको थ्री एन्जल्स इन्टरनेसनल मिसन स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।

प्रिन्सेसतर्फ फस्ट रनरअप कक्षा ८ मा अध्ययनरत १४ वर्षीय मनोज शाही ठकुरी बन्न सफल भए । सेकेन्ड रनरअप कक्षा ६ मा अध्ययनरत १२ वर्षीय कृष लामा बने । थर्ड रनरअप कक्षा २ मा अध्ययनरत ७ वर्षीय एरिक अधिकारी घोषित भए । अडिसनमा सहभागी १०४ जना मध्येबाट २० जना प्रिन्स र ३२ जना प्रिन्सेसका लागि छानिएका थिए । डेढ महिनाको तालिमपछि उनीहरूलाई पोखरा सभागृहमा आयोजित अन्तिम प्रतिस्पर्धामा उतारिएको आयोजक संस्थाका अध्यक्ष सलोमन रोकाले बताए । प्रतियोगितामा ७ वर्षदेखि १५ वर्षसम्मका बाबुनानीले भाग लिएका थिए ।

प्रकाशित : आश्विन २१, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?