खुसीयाली छायो

कान्तिपुर संवाददाता

काठमाडौँ — पानी पर्न बन्द भयो रमाइलो छायो विद्यालय बिदा भयो खुसीयाली आयो  । अकाशमा जताततै चङ्गा उड्न थालेछिमेकमा कराउँछन् खसी अनि भाले  ।

खुसीयाली छायो

सुनसान हुन लाग्यो सहर बजार
मेरो पनि मामाघर जाने रहर ।
दसैं बिदा रमाइलो नयाँ ठाउँ घुम्न
मन लाग्छ साथीसँग पिङ पनि खेल्न ।।
नयाँ लुगा लगाएर रातो टीका लाइने
दसैं भन्दै घरमा पनि मीठो खान पाइने ।
वल्लो घर पल्लो घर सबैतिर जाने
टीका लाएर पैसा पाए खुत्रुकेमा हाल्ने ।।
जमरा छ कानमा अनि टीका निधारमा
दसैंमा त पिङ र चंगा देउसी तिहारमा ।
समयमै गृहकार्य पूरा गर्न‘पर्छ
अन्तिम दिनमा मात्र गरे गल्ती हुन सक्छ ।।
ठूलो मान्छे साथमा भए चंगा उडाऔँ
छतबाट लडिन्छ कि होस पुर्‍याऔँ ।
सबै जना हाँसीखुसी चाड मान्नु राम्रो
वर्ष दिनमा आएको यो बडादसैं हाम्रो ।।

आयुष अधिकारी, कक्षा ७
सेन्ट जेभियर्स स्कुल, गोदावरी

प्रकाशित : आश्विन २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?