दसैंमा सांस्कृतिक कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंका अवसरमा विभिन्न विद्यालयमा विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना भएका छन्  । राजधानीस्थित भद्रकाली निम्नमाध्यमिक विद्यालयका विद्यार्थीले पनि यही मौकामा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिए  ।

दसैंमा सांस्कृतिक कार्यक्रम

बालबालिकाले आ–आफ्ना प्रतिभा प्रदर्शन गर्दै दसैंको शुभकामना आदानप्रदान पनि गरे । सोही अवसरमा विद्यालयको लाइब्रेरी तथा कक्षा छ, सात र आठका विद्यार्थीलाई सन्दर्भ पाठ्यपुस्तकहरू पनि उपलब्ध गराइएको थियो । बूढानीलकण्ठ नगरपालिका वडा १ का अध्यक्ष सुरेन्द्र लामाको पहलमा उपलब्ध गराइएका ती सामग्री वडा प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?