कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मौका आउँछ पर्खंदैन

निबन्ध
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मौका आउँछ पर्खंदैन  । ’ यो एउटा नेपाली उखान हो  ।

मौका आउँछ पर्खंदैन

यस उखानले समयलाई संकेत गरिरहेको छ । समय त नदीझैं कतै नअडिई बगिरहन्छ । घाम झुल्कन्छ, दिउँसो हुन्छ, रात पर्छ र तारा उदाँउछन् । समयको आ–आफ्नो क्रम छ । मानिसलाई जुन मौका हात लाग्छ, त्यो फुत्केर गयो भने फेरि भेट्टाउ सकिँदैन । मौकामा काम नगर्ने मानिसले सधैं दु:ख पाउँछ । समयले कहिल्यै पनि कसैलाई पर्खंदैन ।

मानिसको जीवनमा एक–एक पलको पनि महत्त्व हुन्छ । यसलाई ठीक समयमा ठीकसँगै उपयोग गर्नुपर्छ । समयलाई बिर्सिएमा वा वास्ता नगरेको खण्डमा यो चिप्लिएर जान्छ । यसबाट महत्त्वपूर्ण काम बिग्रन सक्छ अथवा हाँस्ने बेला पनि रुनुपर्ने अवस्था हुन सक्छ । भनिन्छ नि– ‘अघि सम्झे सदा सुखी, पछि सम्झे सदा दु:खी ।’

अधिकांश मानिसले मोकालाई पैसासँग दाँज्न खोजे जस्तो लाग्छ । यसलाई पैसासँग दाँज्न सुहाउँदैन । पैसा भनेको साधन हो । यो कमाउन पनि सकिन्छ र गुमाउन पनि । मौका, समय भने न त कमाउन सकिन्छ, न त गुमाउन नै । पैसालाई नियन्त्रण गर्न सकिन्छ तर समयलाई कुनै पनि शक्तिले नियन्त्रण गर्न सक्दैन । यो आफ्नै गतिमा हिँडिरहन्छ । एक पल्ट आएर गएपछिको मौका बित्यो, बित्यो । न त कसैले त्यसलाई पल्टाएर हिजोलाई आज र आजलाई भोलि बनाउन नै सक्छ । मानिसले मौकाको ठीक उपयोग गरेर देश विकास र जीवन विकास गर्नुपर्छ । मौकाको राम्रो उपयोग गर्ने मानिस आफ्ना लक्ष्यमा पुग्न सफल भएका छन् । मानिसले राम्रोसँग समयको उपयोग गरेर नै जीवनमा सफलता पाउँछन् । पछि पढुँला, पछि गरौंला भन्ने मानिस जहिले गुल्टिन्छ । भोलि गरुँला भनेर छाड्ने मानिसले हातमा परिसकेको लड्डु पनि गुमाउँछ । यसैले भविष्यका निम्ति पहिलेदेखि नै सतर्क भएर मौकाको उपयोग गर्नु नै बुद्धिमानी हो । जसले मौका छँदै काम गर्छ, उसले सधैं विजयको झन्डा फहराउँछ । हामीले समयलाई एउटा सुनौलो अवसर सम्झनुपर्छ । यो एक पटक गइसकेपछि कहिल्यै फर्केर आउँदैन ।
-प्रजु तामाङ, कक्षा–८
रोजबड स्कुल, काठमाडौं

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?