२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हलोविन

नारायण खड्का

काठमाडौँ — अस्ट्रेलियाका नेपाली बालबालिकाले यस वर्षको हलोविन रमाइलोसँग मनाएका छन्  । विभिन्न भूतप्रेत तथा डरलाग्दो पोसाक लगाएर त्यस्तै डरलाग्दो मेकअप गरेर मनाइने यस क्रिस्चियन पर्व अस्ट्रेलियाका साना भाइबहिनीहरूले रमाइलो गरेर मनाएका थिए  ।

हलोविन

अस्ट्रेलियाका नेपाली बालबालिकाले यस वर्षको हलोविन रमाइलोसँग मनाएका छन् । विभिन्न भूतप्रेत तथा डरलाग्दो पोसाक लगाएर त्यस्तै डरलाग्दो मेकअप गरेर मनाइने यस क्रिस्चियन पर्व अस्ट्रेलियाका साना भाइबहिनीहरूले रमाइलो गरेर मनाएका थिए ।

सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन, क्यानबेरालगायत सहरहरूमा बस्ने नेपाली बालबालिकाहरू यस पर्वलाई नेपाली होलीकै रूपमा लिन्छन् । सिड्नीको पेन्टहस्टमा बस्ने ५ वर्षकी आरुषी पोखरेल बुधबार भूतको लुगामा बुधबार बिहानैदेखि सजिएर बसेकी थिइन् । हेर्दै डर लाग्ने पोसाक, मेकअप लगाएर आफूले चिनेका छिमेकी र ठूलाबडाहरूकोमा गएर उनीहरूलाई तर्साउन उनी आफ्ना आधा दर्जन साथीहरू लिएर साँझभरि हिँडेकी थिइन् । साना भाइबहिनीहरूले यसरी साँझमा हलोविनको पोसाक लगाएर घरघर गएपछि घरका अभिभावकहरूले चकलेट, खानेकुरा तथा खेलौनाहरू दिएर खुसी पार्ने चलन छ ।

प्रत्येक वर्ष अक्टोबर ३१ तारिख मनाइने यस पर्वमा यहाँका विद्यालयदेखि नै हलोविनमा कुन लुगा लगाउने, कस्तो मेकअप गर्ने, कसकोमा जाने र के गर्ने भन्ने सरसल्लाहमा बालबालिकाहरू व्यस्त हुने गर्दछन् । यहाँका विद्यालयका बालबालिकाहरू प्राय: सबै क्रिस्चियन संस्कृतिको चाडपर्वलाई धुमधामसँग मनाउने गरेकाले समेत साना भाइबहिनीहरूलाई हलोविन आउनुभन्दा एक महिनाअघि नै यो पर्व लागिसकेको हुन्छ ।

बालबालिकाहरूलाई हलोविन लागेपछि अस्ट्रेलियाका अभिभावकहरूलाई पनि यो पर्व लाग्ने गर्छ । मुख्य गरेर भर्खर विद्यालय सुरु गरेका नेपाली बालबालिकाहरूले उत्साहका साथ मनाउने यो पर्वमा लगाइने पोसाक खरिद गर्नेदेखि उनीहरूलाई तयार गरिदिने जिम्मा पनि अभिभावकको हुन्छ । ‘मेरी छोरी करिब एक महिना अघिदेखि नै हलोविन मनाउने पोसाक खरिद गरेर तयार भएर बसेकी थिइन्,’ सिड्नीका अभिभावक तथा गायक ईश्वर पोखरेल भन्छन् । उनी नेपाली बालबालिकाहरूको संख्या पछिल्लो समयमा बढ्दै गएकाले समेत हलोविन, क्रिसमसजस्ता पर्वहरू उत्साहका साथ मनाउन थालिएको बताउँछन् ।हलोविनलाई परम्परागत रूपमा ‘अल हलो इभ’ का रूपमा मनाइने गरिन्छ । यो क्रिस्चियनहरूको पवित्र दिन मानिने अल हलो डे अथवा अल सेन्ट डेको अघिल्लो साँझ पर्ने गर्दछ । वर्षमा जम्मा एक दिन मात्र मनाइने यो पर्वमा यहाँका विद्यालयहरू बिदा नभए पनि विद्यालय छुट्टी भएलगत्तै बालबालिकाहरू हलोविनको पोसाक र मेकअप लगाएर हिँड्ने गर्छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?