हातेमालो

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — नरोक हाम्रो पाइताला नछेक बढ्न देऊ,देशको लागि सबै गर्छौं अघि सर्न देऊ  । स्वाभिमान भै बाँच्न सक्छौं हामी बोझ होइनौं,सेतो छडी हाम्रो आँखा केहीमा कमी छैनौं  ।

हातेमालो

दया होइन हामीलाई राम्रो अवसर देऊ,
चढ्न सक्छौं टाकुरामा लाग्ने छैनौं छेऊ ।
तिमीले लेखेजस्तै सबै हामी पनि लेख्छौं,
भावना त एउटै नै हो किन फरक देख्छांै ।
तिमीलाई छुने सिरेटोले हामीलाई पनि छुन्छ,
होच्याउँदै हिँडे तिमीले मन त हाम्रो रुन्छ ।
हाम्रो पनि धर्ती हो यो हाम्रो पनि माटो,
तिम्रोजस्तै धर्तीलाई सबको हुन्छ खाँचो ।
हातेमालो गरी हिँडे पुगिन्छ नि टाढा,
माया उस्तै गन्ध उस्तै रगत उस्तै गाढा ।
कलम हाम्रो स्टाइलस हो, किताब ब्रेलबुक,
लेख्न पढ्न गाह्रो हुन्छ तिम्रोभन्दा खुब ।
तर पनि पढ्छौं हामी थोप्ला–थोप्ला छामी,
साथसाथै हिँड्न पाए अघि बढ्थ्यौं हामी ।
नरोक हाम्रो पाइताला नछेक बढ्न देऊ,
देशको लागि सबै गर्छौं अघि सर्न देऊ ।}

ललिता “दोषी”

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?