तिहार

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं आयो दसैं गयो अब तिहार आयो,गाउँ सहर जताततै खुसियाली छायो  ।
समाजमा रमाउने काग हाम्रो साथी, पहिलो दिन यसकै पूजा हुन्छ भलिभाँती  ।

तिहार

मानिसको सेवा गर्ने कुकुर कत्ति गुनी,
दोस्रो दिन यसकै पूजा गर्छौं जुनी जुनी ।

गाई हाम्री माताजस्तै उनको धेरै गुन छ
तेस्रो दिन लक्ष्मी समान उनकै पूजा हुन्छ ।

धर्ती जोती मान्छे पाल्छ कठै ! गोरु हुँदै,
चौथो दिन यसकै पूजा गर्छौं रमाउँदै ।

पाँचौ दिन भाइपूजा गर्छौं हामी सब,
सभ्यताको रूप हो यो जानिराखौं अब ।

रंगीचंगी, झिलीमिली, देउसी–भैलो ल्याउँछ,
यो साल गए तिहार फेरि अर्को साल आउँछ ।

इन्द्रकुमार श्रेष्ठ

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?