कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिहारको पैलो टीका

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — साना साना दिदी भाइ, मीठो कुरा गर्छन्,तोते बोली गीत गाउँदै, अघिअघि सर्छन्  ।
म्वाइँ खाँदै माया गर्छन्, मीठो पापा खान्छन्,थरीथरी खेलौंना लि, बगैंचामा जान्छन्  ।

तिहारको पैलो टीका

लुकामारी खेल्छन् कैले, डर केही हुन्न,
रमाई रमाई बस्छन् सधैं, जाडोले त छुन्न ।

तिहारको पैलो टीका, कति राम्रो होला,
सप्तरङ्गी टीका लाउँदा, मन खुसी होला ।
दिदी भाइको गफ मीठो, सुनूँ सुनूँ लाग्छ,
खुसी हुँदै चरी नाच्दा, चिन्ता सबै भाग्छ ।

साना साना दिदी भाइ, मीठो कुरा गर्छन्,
तोते बोली गीत गाउँदै, अघिअघि सर्छन् ।

डा. मुकुन्द पथिक

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?