१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

फुर्सदमा पढौं

कान्तिपुर संवाददाता

काठमाडौँ — नाति क्षितिज र नातिनी सरितालाई हजुरआमाले सुनाउनुभएको रोचक लोककथा पुस्तकको रूपमा आएको छ— जे माग्यो त्यही दिने पोखरी  । खोटाङ जिल्लाको सुदूर दक्षिणी भेगमा जन्तेढुंगा गाउँपालिकाको देवीस्थानमा पञ्चकन्या पोखरी थियो  ।

फुर्सदमा पढौं

बाहुन दम्पतीका पाँच छोरी कोसीमा हाम फालेर क्रमश: मरेपछि यो पोखरीको उत्पत्ति भएको किम्बदन्ती छ । सुनकोसी र बुबा खोलाको संगमस्थल नजिकै रहेको यो पोखरीले जे खाना माग्यो त्यही दिन्थ्यो । जे हेर्न माग्यो त्यही फुत्त बाहिर निस्कन्थ्यो । तमसुक लेखेर सहीछाप गरी पोखरीमा डुबाएपछि ऋण स्वरूप पैसा पनि पाइन्थ्यो । तर बोलेको भाकामा खुरुक्क तिर्नुपथ्र्यो । इच्छा लागेको खानेकुरा मागेर त्यहीँ खान पाइन्थ्यो तर घर लान पाइँदैनथ्यो । कसैका वस्तुभाउ हराएमा पुकारा गर्दै भाकल गरेपछि भेटिन्थ्यो । पोखरीका पातलाई दुइटा चराले टिपेर बाहिर फाल्दै सफा गर्थे । मान्छे धेरै लोभी भएर खानेकुरा मागेर घर लाने र लिएको ऋण पनि तिर्न छाडेपछि पोखरीबाट पाउँदै आएको सबै सुविधा बन्द भएको कुरालाई बालसाहित्यकार रामविक्रम थापाले बडो रोचक पाराले लेखेका छन् । यो बालचित्र कथाका आकर्षक रंगीन चित्रहरू प्रिजन गुरुङले बनाएका हुन् । स्वदेश प्रकाशनले भर्खरै छापेको यो कथाको किताबको मूल्य सय रुपैयाँ छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?