रमाइलो गरौँ

कविता

काठमाडौँ — आठ मानाको एक पाथी हुन्छ साँच्चै ए साथी !

बीस पाथीको एक मुरी

धान नाप लौ हेरी

एक चौँठी झिक तेल

मीठा मीठा पकाऊ सेल

मीठो मानी खाऔँला

गीत पनि गाऔँला

हाम्रा राम्रा पाखामा

नेपालीका भाकामा

दसैं आयो रमाइलो

घाम लाग्यो घमाइलो

तिहार आयो भनौंला

दिन पनि गनौंला

देउसी भैलो खेलौंला

चङ्गा धागो हेरौंला

सबै जना मिलौं ल

रमाइलो गरौं ल

ज्ञाननिष्ठ ज्ञवाली

प्रकाशित : मंसिर २, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?