१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

क्रिकेटमा फड्को

काठमाडौँ — क्रिकेट विश्वमा मन पराइएको खेल हो । यो खेल भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, क्यारिबियाजस्ता देशमा प्रसिद्ध छ । नेपालमा पनि अहिले यसलाई निक्कै रुचाउन थालिएको छ । यही कारणले गर्दा नेपालका ठाउँठाउँमा अहिले क्रिकेट एकेडेमीको स्थापना भएको छ ।

क्रिकेटमा फड्को

विभिन्न प्रदेशहरूबीच ‘टेस्ट म्याच’ गराउने चर्चा चल्न थालेको छ । यो निक्कै आशलाग्दो पक्ष हो । यसले देशभरिबाट उत्कृष्ट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत गर्दछ । केही महिना अगाडि मात्र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यो मान्यता प्राप्त गर्नुका पछाडि धेरैका संघर्ष र सपना छन् । नेपालमा क्रिकेट राणाशासनकै बेलादेखि सुरु भएको हो– सन् १९२० तिर उनीहरूका छोराहरू पढ्न भारत र ब्रिटेन गएका बेला ताका । तर यो खेल त्यतिबेला उनीहरूमै मात्र सीमित थियो । त्यसपछि सन् १९४६ मा ‘क्रिकेट एसोसिएसन अफ नेपाल’ स्थापना भयो । यसबाट केही खेलाडी यो खेलतर्फ आकर्षित भए ।

राणाशासनको अन्त्यपछि विस्तारै यसको अभ्यास बढ्न थाल्यो । सन् १९८० मा यो खेलले काठमाडांैमा निक्कै प्रसिद्धि प्राप्त गर्‍यो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले उपस्थिति जनाउन थाले । सन् १९८८ मा नेपाल आईसीसी सदस्य बन्यो । त्यसपछि विद्यालय र जिल्ला स्तरमा क्रिकेट प्रतियोगितहरू हुन थाले ।

सन् २०१४ मा नेपाल पहिलोपल्ट ट्वान्टी–ट्वान्टी क्रिकेट विश्वकपका लागि छनोट भयो । त्यसमा नेपालले हङकङ र अफगानिस्तानलाई पछार्‍यो । धेरै कीर्तिमानहरू पनि बनाएको छ । नेपालले सबैभन्दा पहिले दिएको लक्ष्य भुटानलाई सन् २००३ मा ३९७ हो । महबुब अलामले सन् २००८ मा मोज्यामबिकविरुद्ध १२ रन दिएर १० विकेट लिएका थिए ।

अहिलेका चर्चित सन्दिप लामिछाने विश्वभरिका टी–ट्वान्टी लिगहरू खेल्दै छन् । अहिले काठमाडांैको मूलपानी स्टेडियम पनि बन्दै गरेको अवस्थामा छ । यसरी नेपाली क्रिकेटले निक्कै थोरै समयमै प्रगति गर्दै आइरहेको छ । नेपाल अहिले आईसीसी एकदिवसीय र्‍यांकिङमा १६आंै स्थानमा छ ।

अब छिट्टै नै टेस्ट मान्यता पनि प्राप्त गर्छ भन्ने आशा क्रिकेटप्रेमी नेपालीको छ । नेपालमा अहिले ईपीएल, पीपीएल, डीपीएलजस्ता रोमाञ्चक लिग पनि सुरु भएका छन् । यसरी नै छिटोभन्दा छिटो नेपाली क्रिकेटको प्रगति होस् भन्ने हामी सबैको चाहना छ ।

-एञ्जल अधिकारी, कक्षा–१०

नेक्सस इन्टरनेसनल एकेडेमी, काठमाडौं

प्रकाशित : मंसिर १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?