कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चकलेट

कथा
जानुका खतिवडा

काठमाडौँ — स्कुल छुट्नासाथ उपासना र अग्रज गेटतिर दौडिए । हजुरआमा अघि नै आएर कुरिरहनुभएको रहेछ । दुवै नातिनातिना डोर्‍याउँदै उहाँ घरतिर फर्किनुभयो । घर पुगेपछि हातगोडा धोएर उनीहरूले खाजा खाए अनि केही बेर खेल्न थाले ।

चकलेट

‘दिदी मामाले पठाइदिनुभएको चकलेट कस्तो मीठो थियो नि ?’ खेलौना गाडी भुइँमा गुडाउँदै अग्रजले भने । उपासना गुडियाको लुगा मिलाउँदै थिइन् । भाइतिर उनले ध्यान दिइनन् ।

‘मलाई कस्तो चकलेट खान मन लाग्यो दिदी,’ अग्रज उठेर दिदीका नजिकै आए । ‘हजुरआमाले भर्खरै पेटभरि खाजा खुवाउनुभएको होइन ?’ अझै पनि भाइतिर नहेरी उपासनाले भनिन् । ‘तर चकलेट दिनुभएन नि ।’ ‘सकियो होला ।’

‘कहाँ सकिनु त्यत्रो एक बट्टा चकलेट ?’ अग्रजले दिदीलाई सम्झाए । धेरै चकलेट खानु हुन्न भनेर आमाले दुई/दुईवटा उनीहरूलाई दिएपछि बााकी चकलेट त बट्टामै राख्नुभएको थियो । उपासनाको मन पनि लोभियो । दुवै दिदीभाइ खेल्न छोडेर भान्सातिर लागे । दराजको खापा उघारेर खोजे । र्‍याकमा लस्करै मिलाएका बट्टा खोलेर खोजे । बट्टा खोल्दा हर्रर मसलाको बासना चल्यो तर चकलेट भेटिएन । अग्रजले रुन्चे मुख लगाएर शंकालु आँखाले दिदीतिर हेरे, ‘मलाई नदिई सप्पै चकलेट तिमीले मात्र खायौ ?’

‘कहाँ मैले खानु ? बरु मलाई नदिई तिमीले पो खायौ कि ?’ उपासनाले पनि भाइलाई सोधिन् ।

तर चकलेट त दुवैले खाएकै थिएनन् ।‘मुसाले लग्यो कि ?’ शंका लागेर दुवैले डाइनिङ टेबलको मुनि खोजे । ढोकाको कुनामा पनि खाजे । चकलेटको बट्टा फेला परेन । फर्किन लागेका बेलामा अग्रजका आँखा दराजमाथि पुगेछन् । चकलेटको बट्टा त्यहाा देखेर दुवैको मुख रसाएर आयो ।

उपासनाले लम्केर चकलेट झिक्न खोजिन् तर उनी दराजको आधासम्म पनि पुग्न सकिनन् । अग्रज त झन् सानै थिए । उनीहरूले कुचो टिपेर दराजमाथि रहेको बट्टा तान्न खोजे तर त्यो भेटिएन ।

‘अब के गर्ने ?’ अलमल्ल परेर दुवैले एक अर्कालाई हेरे । केही बेर सोचेपछि एउटा जुक्ति आयो । दुवैले मिलेर एउटा कुर्सी उचालेर दराजको नजिकै ल्याए । उपासना कुर्सीमाथि चढिन् । ‘म चकलेटको बट्टा बिस्तारै झार्छु तिमी समात है,’ उपासनाले कऽचोले धकेल्दै अघिअघि सारेर चकलेटको बट्टा दराजको डिलसम्म ल्याइपुर्‍याइन् । अग्रजचाहिँ दुवै हात थापेर बट्टा समात्न तयार बसेका थिए ।

कुचोले घचेट्दा चकलेटको बट्टा त खस्यो तर त्यसले सागै राखेको अचारको सिसीलाई पनि धक्का दिएछ । सिसी भुइँमा झरेर झर्‍यामझुरुम फुट्यो ।

उपासना हत्तपत्त तल झरिन् । दुवै चकलेटको बट्टा लिएर बैठक कोठातिर दौडिए । हतारमा उनीहरूले कुचो र कुर्सी थन्काउन भ्याएनन् । फुटेको सिसी पनि भुइँमै त्यत्तिकै थियो । दुबैले बट्टा खोलेर एक एकवटा चकलेट झिकेर मुखमा हालेका मात्रै थिए, माथि कौशीबाट कोही तल ओर्लिएको आवाज आइहाल्यो । हत्तपत्त उपासनाले चकलेटको बट्टा सोफाको पछाडि लुकाइन् । अग्रजले टीभी खोले । हजुरआमा तल आउँदा दुवै ज्ञानी भएर टीभी हेर्दै बसेका थिए ।

‘आधा घण्टा मात्रै हेर्ने नि टीभी, अनि होमवर्क गर्नुपर्छ,’ हजऽरआमाले दऽवैलाई सम्झाउनुभयो । दुवै दिदीभाइले मुख नखोली टाउको मात्र हल्लाएर ‘हस्’ भने । हजुरआमा भान्सातिर जानुभयो । दुवैको मुटु बेस्सरी ढुकढुक भयो ।

हजुरआमा भान्सामा पुग्नेबित्तिकै फर्किनुभयो ।

‘कसले फुटायो हा अचारको सिसी ?’

‘थाहा छैन आमा,’ अग्रजले टीभीमै

आँखा टाँसेर जवाफ दिए । ‘भर्खरै एउटा

बिरालो भान्सातिर पसेको थियो,’ उपासनाले डराउँदै भनिन् ।

‘कस्तो बिरालो पसेछ त ,’ हजऽरआमा हाँस्दै आएर अग्रजका छेउमा बस्नुभयो । सधौ हजुरआमाको काखमै बस्ने उनी डराएर अलिकति पर्तिर सरे ।

‘बिरालो पसेकै हो त बाबु ?’ हजुरआमाले अग्रजलाई तानेर आफ्नो काखमा बसाउनुभयो ।

‘हो आमा अघि पसेको थियो नि ।’

‘चकलेटको बट्टाचाहिा कसरी झिक्यो होला त बिरालोले ?’ हजुरामाले केही सोचेझैं गर्नुभयो । ‘एउटा कुर्सी तानेर दराजनेर ल्यायो होला अनि त्यसमाथि चढेर कुचोले धकेलेर निकाल्यो होला नि आमा,’ अग्रजले जवाफ दिए । ‘ओहो ! कति बाठो बिरालो रहेछ । अब देख्यौ भने मागेको भए त म दिइहाल्थें चोरी गर्नु पर्दैनथ्यो भन्नु है त्यो बिरालोलाई ।’

हजुरआमाले उपासनातिर हेरेर भन्नुभयो, ‘गलत काम गर्दा कसैले नदेखे पनि आफ्नो मनले देखिरहेको हुन्छ । अरूलाई ढाँट्न सकिन्छ तर आफूलाई ढाँट्न कहिल्यै सकिँदैन । त्यसैले झूट बोल्नु हुँदैन ।’ हजुरआमाको कुराले उपासनालाई नरमाइलो लाग्यो । उनले टीभी बन्द गरिन् अनि हजुरआमाको छेउमा आएर उहाँसँगै टाँसिएर बसिन् ।‘सरी आमा, चकलेट मैले निकालेको हो । कुचोले बट्टा धकेल्दा अचारको सिसी पनि झरेर फुट्यो ।’ उनका आँखामा आँसु भरिएर गालातिर झर्‍यो ।


‘आमा मैले नै दिदीलाई चकलेट खाने भनेको थिएँ । हामी दुवै जनाले मिलेर निकालेको हो,’ अग्रजले पनि हजऽरआमालाई अँगालो मार्दै अँध्यारो मुख लगाएर भने । उपासनाले सोफाको पछाडि लुकाएको चकलेटको बट्टा हजुरआमाको हातमा दिइन् अनि अबदेखि यस्तो गल्ती नगर्ने वाचा पनि गरिन् । अग्रजले पनि दिदीका कुरामा सही थपे । दुवैले साँचो कुरा बताएकाले हजुरआमा खुसी हुनुभएको थियो । उहाँले एक/एकवटा चकलेट निकालेर दुवैका हातमा राखिदिनुभयो ।

प्रकाशित : मंसिर १६, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?