१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सानी परी, सानो बाबु

राजाराम पौडेल

काठमाडौँ — पोखरामा आयोजित १४ औं संस्करणको ‘सानी परी एन्ड सानो बाबु’ पोखरा अन्तर्गत सानो परी पोखराको उपाधि विन्ध्यावासिनी पोखराकी प्रार्थना रेग्मीले जितेकी छन् ।

सानी परी, सानो बाबु

मदरल्यान्ड मावि कक्षा ३ मा अध्ययनरत रेग्मीले उनी प्रतियोगितामा सहभागी ३७ जनामध्ये अब्बल बन्दै उपाधि हात पारेकी हुन् । भविष्यमा गएर के बन्ने भनेर निर्णय गरिनसकेको बताउने प्रार्थना बाबा ममीलाई सधैं खुसी राख्ने प्रण गर्छिन् । उनलाई नृत्य गर्न र नयाँ ठाउँ घुम्न रुचि छ ।

जित हाम्रो फाउन्डेसनले आयोजना गरेको सानो परीतर्फ फस्ट रनर्सअप अनुक्क्षा आचार्य, सेकेन्ड रनर्सअप सुविज्ञा पौडेल, थर्ड रनर्सअप दीप्ति रेग्मी, फोर्थ रनर्सअप साबेरा सुवेदी र फिफ्थ रनर्सअप आकृति पौडेल भए ।

पोखरा सभागृह हलमा भएको फाइनल प्रतियोगितामा सानो बाबु पोखरातर्फको उपाधि डेभिड थापाको पोल्टामा पर्‍यो । उनी सानो बाबुतर्फका १८ प्रतियोगीमध्ये अब्बल बन्दै उपाधि विजेता बनेका हुन् । एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुल कक्षा ३ मा अध्ययनरत ९ वर्षीय उनको भविष्यको लक्ष्य डाक्टर बन्ने हो । उनलाई नृत्यकला, बोल्ने कला र चित्रकलामा पनि रुचि छ ।

प्रतियोगितामा भाग लिएपछि आत्मविश्वास बढेको बताए ।

सानो बाबुतर्फ फस्ट रनर्सअप प्रतीक गुरुङ, सेकेन्ड रनर्सअप सम्बोधन कुँवर, थर्ड रनर्सअप अस्मित रेग्मी, फोर्थ रनर्सअप सक्सेस कुँवर, फिफ्थ रनर्सअप मायंक लामा पाख्रिन बन्न सफल भए । सबै प्रतिस्पर्धी ७ देखि १२ वर्ष उमेरका थिए । आफ्ना बाबु नानीले झन्डै एक महिनाको अवधिमा सिकेका कुरालाई सबैका अगाडि स्टेजमार्फत देखाउँदा अभिभावक खुसी देखिन्थे । प्रतियोगीले प्रस्ट रूपमा उत्तर दिन सक्ने, स्मार्ट वाक, बडी ल्यांग्वेज, साथीभाइसङग मेलमिलाप गर्ने र साथीका राम्रा कुरा सिक्ने अवसर प्राप्त गरे । गमला बनाउने, फूल बनाउने, कराते र योग सिक्ने अवसर पनि पाएका थिए । पोखरामा सन् २००५ बाट सुरु भएको यो प्रतियोगितामा हालसम्म झन्डै ६ सय जनाले भाग लिइसकेको जित हाम्रो फाउन्डेसनका संस्थापक राजेश जोशीले बताए ।


प्रकाशित : मंसिर १६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?