काठमाडौँ — आयो एक सिकारी परबाट चरा मार्नलाई,
अनि चरा बोल्यो भनी ए सिकारी दाइ ।
न तिमीले पेट भराउँछौ मासु मेरो खाई,
न केही बनाउन सक्छौ छाला मेरो पाई ।
जिन्दगी छ मेरो थोरै समयको लागि,
सानो छु र जान पाउन्नँ यताउता भागी ।
मर्न लागँे म त अब तिमी पापीकै लागि,
खान पाउन्नँ मैले केही अरूलाई मागी ।
त्यत्तिकैमा किन मार्छौ मेरो जिन्दगीलाई,
कति पापी रैछौ तिमी हँ ए सिकारी दाइ ।
कसले सिकायो हँ तिमीलाई चरा मारी खान,
कसले पठायो हँ तिमीलाई सिकार गर्न जान ।
सताउने छ मेरो आँसुले जुनीभर तिमीलाई,
किन हेला गर्यौ तिमीले सानो चरालाई ?
अब जानेछु म स्वर्ग भनी तिमीलाई बाई,
अन्धकारमा पुग्नेछौ तिमी ए सिकारी दाइ ।
-समृद्धि अधिकारी
कक्षा–७ ‘ग’
प्रतिक्रिया