कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निद्रा

कविता

काठमाडौँ — आँखा बन्द भएपछि कुनै सुनसान ठाउँ पुगेको,
मलाई थाहा थिएन त्यहाँ जन्तु छन् कि भूत पो ।

त्यो निद्रामा घुर्दाघुर्दै कालो घोडाले खेदायो,

दौडीदौडी भाग्न खोज्दा अझै नजिक आयो ।

यस्तो हेर्दा डराएर आँखा खोल्न खोजेँ मैले,

आमा, आमा, बाबा भन्दै कराएछु म त पैले ।

आमा बाबा आँत्तिएर छिटो छिटो आउनुभयो,

सपनामा रुँदारुँदै के भो भनी बोलाउनुभयो ।

धत्, भनी बाबाले त जिस्काउनु पो भयो,

सपनामै रोको भनी मलाई लाजै भयो ।

माया गरी आमाले त काखमा लिनुभयो,

अनि बल्ल मलाई फेरि राम्रो निद्रा आयो ।

-सौरभ चापागाईं, कक्षा–४

युनाइटेड स्कुल, ललितपुर

प्रकाशित : मंसिर २३, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?