फुर्सदमा पढौं

काठमाडौँ — ‘सरुभक्तका तीन बालनाटक’ नामक बालनाटक संग्रहको पुस्तक बजारमा आएको छ । जसमा तीनवटा नाटक भ— भ— भ— भ भूत , यती र खेल समेटिएका छन् । भ— भ— भ— भूतभित्र एउटा स्कुलमा बालबालिकाहरूले देखाएको नाटकलाई प्रस्तुत गरिएको छ ।

फुर्सदमा पढौं

जसमा स्कुलकै भाइबहिनीहरू पुरानो खण्डहरमा घुम्दै पुगेका हुन्छन् । त्यो कुनै राजाको दरबार हुन्छ । साँझ परिसकेकाले सबै त्यहीँ पाल टाँगेर बस्छन् । खाना खाइसकेपछि कोही भूतका कुरा गर्छन् । कोही डराउँछन् । कोही भूत हँुदैन भन्छन् । कोही भूत बनेर तर्साउँछन् । कोही भूत बनेर बाहिरबाट जिस्काउँछन् । र डराइरहेका भाइबहिनीहरूलाई सँगै जानुभएका दाजुदिदीहरूले भूत भनेको मनको डर हो, भूत नै हुँदैन भनेर सम्झाउनुहुन्छ र अनि, सुन सुन भाइबहिनी भूत कहाँ हुन्छ ?

सहरमा हुन्छ कि मनमा हुन्छ ?नमा भूत हुन्न मनमा हुन्छ । यति गीत गाएपछि पर्दा बन्द हुन्छ । त्यस्तै यती नाटकभित्र अन्नपूर्ण हिमालको आधार शिविरको दृश्य देखाइएको हुन्छ । यसमा चोरेर खाने यतीहरूलाई कसरी सबक सिकाइएको छ भन्नेबारे देखाइएको छ । खेलभित्र पोखराको रमणीय दृश्यहरू देखाइएका छन् । घुम्न गएका बालबालिकाहरूले विभिन्न खेल खेल्छन् र खेलबाट हुने शारीरिक, मानसिक फाइदा के कस्ता हुन्छन् भन्ने देखाइएको छ । सरुभक्तले लेख्नुभएको यो नाटक संग्रहका चित्रहरू वात्स्यायनले बनाउनुभएको हो । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ५९ पेजको यो पुस्तकको मूल्य १ सय ४५ रुपैयाँ छ ।


प्रकाशित : मंसिर २३, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?