३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

योमरी बनाउँदा 

काठमाडौँ — नेवारी संस्कृतिमा योमरी पूर्णिमाको विशेष महत्त्व रहन्छ । यस दिनमा हाम्रा घरमा दिदी, फुपू र अन्य आफन्तहरू आउनुहुन्छ । 
हाम्रो घरमा पाहुनाका लागि मीठा मीठा खाने परिकारको तयार गरिएको हुन्छ । अन्य जतिसुकै परिकार भए पनि पूर्णिमाको दिनमा योमरी खानेमै उत्सव हुन्छ । 

योमरी बनाउँदा 

योमरी खुवा भएको, चाकु भएको र मासु भएको बनाउन सकिन्छ । तर मलाई भने खुवा भएको योमरी मन पर्छ । धेरैजसो मानिसले चाकु भएको योमरी बनाउने र खाने गर्छन् । योमरी बनाउन चामल भिजाएर त्यसलाई पिसेर पिठो बनाउनुपर्छ । पिठोलाई पानीमा विस्तारै मुछ्नुपर्छ । मुछेको पिठोलाई डल्लाडल्ला बनाउनुपर्छ । एउटै आकारको बनाएर त्यसको भित्र प्वाल बनाएर त्यसमा खुवा अथवा चाकु राख्नुपर्छ । त्यसपछि प्वाललाई टाल्नुपर्छ । अनि वाफमा पकाउनुपर्छ । पाकेपछि भगवान्लाई चढाइन्छ । त्यसपछि सबै परिवार मिलेर खाने गरिन्छ ।

योमरी बनाउँदा र खाँदा मलाई ज्यादै रमाइलो लाग्छ । यसले जाडो भगाउन र परिवारको मेल गराउन मद्दत गर्दछ ।

-नूर प्रधानांग, कक्षा–५

एसओएस हर्मन माइनर विद्यालय, काभ्रे

प्रकाशित : पुस १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?