२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेरी क्रिसमस

काठमाडौँ — पर्सि डिसेम्बर २५ । क्रिसम डे । इशाईहरूको महान् चाड । डिसेम्बरको सुरुसँगै घर र व्यापारिक भवनहरूमा ‘क्रिसमस ट्री’ सजाउन थालिन्छ । क्रिसमस ट्री विभिन्न रंगका बत्तीमा पनि सजाइन्छ । यसका लागि साल वा धुपीको सानो रूख वा कृत्रिम हरियो रंगको रूख प्रयोग गरिन्छ । 

मेरी क्रिसमस

इशाई धर्मावलम्बीको बाहुल्य रहेका पश्चिमी मुलुकहरूमा डिसेम्बर २४ देखि अधिकांश कार्यालय बिदा हुन्छन् । क्रिसमसको केही दिन अघिदेखि नै बन्द हुने विद्यालय र शैक्षिक संस्था नयाँ वर्ष (जनवरी १) पछि मात्र खुल्छन् । क्रिसमसको दिन अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द रहन्छन् ।

क्रिसमस जिसस क्राइस्टको जन्मदिनको अवसरमा मनाउने गरिन्छ । तर जिससको जन्म मिति भने हालसम्म यकिन छैन । सन् ३३६ देखि क्रिसमस मनाउन थालिएको हो । क्रिसमसको एक दिनअघि आफन्तहरू एकै स्थानमा भेला भई खानपिन र नाचगान गर्ने चलन छ । यस अवसरमा आफन्त र साथीभाइले एकआपसमा उपहार दिने गर्छन् । आफूले पाएको उपहार क्रिसमसको दिन खोल्ने चलन छ । पछिल्ला वर्षहरूमा नेपालमा पनि क्रिसमसको चहलपहल बढ्दो छ । मुख्य सहरका व्यापारिक केन्द्र र मलहरूमा ‘क्रिसमस ट्री’ सजाएको देख्न सकिन्छ । उपहारहरू किन्नेको पनि भीड लाग्न थालेको छ । स्कुलहरूमा पनि सान्टा क्लसको पहिरनमा कार्यक्रमहरू आयोजना गरिन्छन् ।

नेपालमा विसं. २०६८ मा भएको जनगणना अनुसार कुल जनसंख्याको १.४ प्रतिशत इशाई छन् । सरकारले सन् २००८ देखि २०१६ सम्म क्रिसमसका दिन सार्वजनिक बिदा दिएको थियो । त्यसपछि भने इशाई धर्मावलम्बीलाई मात्र बिदा दिने गरिएको छ ।

प्रकाशित : पुस ८, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?