कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महोत्सवमा बालप्रतिभा

गणेश राई

काठमाडौँ — यतिखेर सौराहमा १५औं चितवन हात्ती महोत्सव जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते पाँचदिने महोत्सव उद्घाटन गरेकी हुन् । खुल्ला मैदानमा आयोजना गरिएको महोत्सवमा धेरै जना कलाकारलाई गीत गाउन निम्तो गरिएको थियो । त्यसमा दुई बालकलाकार पनि थिए– प्रिन्स र समृद्धि । 

महोत्सवमा बालप्रतिभा

महोत्सवमा ११ वर्षीय गायक प्रिन्स सिलवाल सबैको आँखामा परे । सुरिलो स्वरका धनी उनले ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया..’ बोलको गीत गाए । दर्शकश्रोता दीर्घाबाट ‘वान्स मोर, वान्स मोर...’ आएपछि उनले चल्तीको गीत गाए– ‘दाइको रुमाल, भाउजूलाई मन पर्‍यो...।’

प्रिन्स तीन कक्षा पढ्दैदेखि गीत गाउँथे । सुरिलो स्वर र एक पटक सिकेपछि फेरि नबिर्सिने उनको प्रतिभालाई संगीतगुरु प्रेम घिमिरेले पहिल्याए । ‘प्रिन्सको सांगीतिक प्रतिभा पत्याइनसक्नु छ, उसको लगाव पनि यसैमा छ,’ डेढ वर्षदेखि उनलाई संगीत सिकाइरहेका संगीतगुरु घिमिरे भन्छन्, ‘उनी अब तेस्रो गीत रेकर्डिङ गराउने तयारीमा छन् । नयाँ गीतलाई सुटिङसमेत गराएका छन् ।’

प्रिन्स चितवनकै हुन् । बुवाको व्यवसाय काठमाडौंमा छ । उनी काठमाडौंकै एक निजी विद्यालयमा कक्षा ५ मा पढ्छन् । उनको यसअघि ‘आयो आयो बडा दसंै...’ बोलको गीत युटयुबमा सार्वजनिक भइसकेको छ ।

११ वर्षीया समृद्धि तिमल्सिनाले महोत्सवको दोस्रो दिन सुरिलो स्वरमा गाइन्– ‘माथि माथि हिउँचुली, फेवा तालमा छाया...।’

समृद्धि पनि कक्षा ५ कै छात्रा हुन् । उनी चितवनकै एक निजी स्कुलमा पढ्छिन् । घरमा सांगीतिक माहोल रहेकाले गाउन सिकेको उनले बताइन् । ‘बाबा संगीतकार हुनुहुन्छ । गीत पनि गाउनुहुन्छ । आमा भने गीत रचना गर्नुहुन्छ । त्यसैले सानैदेखि संगीतप्रति रुचि लाग्यो ।’ उनलाई धेरै गीत गाउन आउँछ । तर, आफैंले गाएको भने एउटा मात्रै छ । ‘मेरो स्वरमा दुई वटा नयाँ गीत चाँडै रेकर्ड हुँदै छन्,’ उनले भनिन् ।

प्रकाशित : पुस १५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?