कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घाम लाग, घाम लाग

कविता

काठमाडौँ — घाम लाग, घाम लाग
बादल छिटो भाग न
जाडो भो ठिहिर्‍यायो
आऊ न घाम आँगन

हेर न नाना हाम्रो

फाटेका छ बेसरी

लुक्यौ भने , तिमी

घाम तापौँ कसरी ?


भोक लागे खाना छैन

न जाडोमा नाना

छुन पनि पाएनौँ नि १

कपीका ती पाना


आमाबाबु छैनन् हाम्रा

टुहुरा हौँ हामी

आऊ न घाम यता आऊ

रमाइलो मानी ।

प्रकाशित : पुस २२, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?