कुहिरो र घाम

कान्तिपुर संवाददाता

काठमाडौँ — जाडो याममा टम्म हुस्सुलाग्छ डाँडा वारिपारि,कुहिरो र घाम मिलीखेल्न थाले लुकामारी ।

मध्यरातमा कति खेर
धर्ती हुन्छ टम्म,
गहिरा खोंच र फाँटभरि
कुहिरो लाग्यो डम्म ।

मध्याह्नमा कुहिरो आफैं
माथिमाथि सर्छ,
अनि बल्ल यो धर्तीले
सूर्यदर्शन गर्छ ।

कुहिरो लाग्दा सबैलाई
चिसो हुन्छ कति ?
छिटो आइदेऊ घाम तिमी
जाडो भयो अति ।

कृतिका खनाल, कक्षा–७
भाग्योदय मावि, स्याङ्जा

प्रकाशित : पुस २२, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

कति राम्रो बगैंचा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्रपत्री, गोदावरी फुले मखमली,हामीलाई याद आयो फेरि झलझली ।

जाही, जुही, चमेली र अरू फूल फुल्दा,
मन ज्यादै रमाउँछ पारिजात फुल्दा ।
राता, नीला, पहेँला यी कति राम्रा फूल,
जथाभावी टिप्दै फाल्ने गर्नुहुन्न भूल ।
फूल फुल्दा आँप, आरु कति राम्रा लिची
फल फल्छन् मान्छे खान्छन् काँकै मिचीमिची
काँचै फल खानुहुन्न पाक्न दिनुपर्छ,
पाकेपछि फल आफैं बोटबाट झर्छ ।
जताततै मिलेको छ राम्रो बगैंचा,
हरियाली दुबो भयो हाम्रो गलैंचा ।

प्रकाशित : पुस २२, २०७५ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्