कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म त सानी सानी...

यात्रा

काठमाडौँ — म त सानी–सानी हुँ न
नेपाली नानी
देशविदेश घुम्ने, संस्कृतिलाई चिन्ने ।

प्रिशा श्रेष्ठ १० वर्षकी भइन् । उनी अमेरिकाको टेक्ससस्थित अस्टिनमा बसोबास गर्छिन् । अमेरिकामा उनी बालगायिकाको रूपमा चिनिएकी छन् । यति सानो उमेरमै उनको स्वरमा सातवटा गीत रेकर्ड भइसकेका छन् ।

प्रिशा भन्ने उनको एल्बम नै निस्केको छ । उनले गाएका गीतहरू केही देशभक्ति र अन्य बाबालिकासँग सम्बन्धित छन् । उनी छोटो चलचित्र ‘तुइन’ की बालकलाकार पनि हुन् । आफूले स्वर दिएका गीतहरूको भिडियोमा उनले अभिनय गरेकी छन् । अमेरिकामै जन्मिएका अधिकांश नेपाली बालबालिका राम्रोसँग नेपाली भाषामा कुरा गर्न सक्दैनन् । प्रिशा भने अमेरिकामै जन्मेर पनि नेपाली र नेपालभाषासमेत प्रस्ट बोल्छिन् । ठेट नेपाली भाषामा स्टेजमै लाइभ गीत गाउँछिन् ।

अंग्रेजी नयाँ वर्षका अवसरमा अस्टिनमा भएको कार्यक्रमा उनले कालीप्रसाद बाँस्कोटासँगै स्टेजमा आफ्नो कला प्रस्तुत गर्नि । प्रिशाले अंग्रेजी गीत पनि रेकर्ड गराएकी छन् । युट्युबमा समेत सुन्न सकिने उनका गीतलाई बालबालिकाले धेरै रुचाएका छन् ।

‘सानैदेखि उसलाई गीत गाउन रुचि थियो,’ आमा सृजना उप्रेती भन्छिन्, ‘अहिले त स्वरमा पनि निखार आइसकेको छ, उसको गायकीले हामीलाई पनि हौसाएको छ ।’ छोरीको गायनमा थप हौसला दिन प्रिशाका अभिभावकले अस्टिनमा छिट्टै एकल साँझको तयारी गरेका छन् ।

बाबा–आमासँगसम्बन्धी उनको गीतले यहाँ उत्कृष्ट बालगायिकाको अर्वाडसमेत पाइसकेको छ । जति माया लाग्छ मामुको, त्यति माया लाग्छ बाबाको पनिमलाई राम्रो लाग्छ मामुबाले सँगै बसी बोलाएको नानु भनी ।

‘मलाई आफनै देशको कला र संस्कृति झल्कने गीत गाउन मन पर्छ,’ प्रिशा भन्छिन्, ‘विदेशमा बसेर पनि गीतमा आफ्नो देशलाई चिनाउन मन लाग्छ ।’

उनले गायक स्वरूपराज आचार्यसँग ‘टुक्रिएको देश हैन, मलाई सिंगो नेपाल चाहिन्छ...’ बोलको गीत पनि गाएकी छन् । सहयोगी भवनाकी प्रिशा आफैं गीत पनि लेख्छिन् । आफूले संकलन गरेको रकम उनले धादिङको विकट गाउँका २२ जना चेपाङ बालबालिकालाई हरेक महिनालाई हुने गरी खाजा खर्च पठाउँदै छिन् ।

-शिव शर्मा

प्रकाशित : पुस २२, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?