माघी पर्व

कविता

काठमाडौँ — मौलिक र प्रमुख चाड सांस्कृतिक हाम्रो,परम्परा तोड्नु हुन्न अनुशरण राम्रो ।

पहाड—तराई, भित्री मधेस मनाउँछन् धुमधाम,

सूर्य लाग्छन् उत्तरतिर खेतबारीमा काम ।

व्रतालु र श्रद्धालुले स्नान गर्छन् धाम,

तीर्थस्थलमा घुइँचो हुन्छ बाटोघाटो जाम ।

नयाँ वर्ष सुरु गर्छन् थारू जाति अब,

पुरानो हिसाब बन्द गरी कारोबार नयाँ सब ।

उत्साह र उमंगले माघी पर्व मान्छन्,

मयूर नाच, झुमडा नाँच्दै परिकार खान्छन् ।

तरुल र सख्खरखण्ड फुरौलामा रम्छन्,

घिउ, चाकु, खिचडीमा नाता—गोता जम्छन् ।

कतै हाल्छन् सेल रोटी कोही च्युउरा कुट्छन्,

आयआर्जन गर्नलाई यहीं युवा जुट्छन् ।

डाला, नाङ्ला, भकारीको लाग्छ हाटबजार,

मादलको ताल—सुरमा नाँच्दै—गाउँदै हजार ।

लालबहादुर भुजेल

प्रकाशित : पुस २९, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?