१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टोपी

कविता

काठमाडौँ — शरीरको सबैभन्दा माथि बस्छ टोपी,लगाउँछु म यसलाई कानैसम्म छोपी ।

टोपी

सान ठूलो छ यसको

शिरमाथि बस्छ टम्म,

चिसो हावा सिरसिर चल्दा

लगाउँछु म गम्म ।


टोपी मेरो जाडोयामको

सबैभन्दा मिल्ने साथी,

चिसोबाट बचाउने

छ यो कति जाती ?


लगाउँदा न्यानो हुन्छ

टुप्पामा छ जुरो,

भगाउँछ जाडो यसले

खोइ बुझेको कुरो ?


कमल कोइराला

प्रकाशित : पुस २९, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?