प्रधानमन्त्रीलाई भेट्दा...

अनुभूति

काठमाडौँ — अंग्रेजी नयाँ वर्षको दिन थियो । ‘समृद्ध नेपाल सुखी नेपाली, बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा भाग लिन हामी १०:३० बजे स्कुलबाट प्रज्ञा प्रतिष्ठानतर्फ लाग्यौं । त्यहाँ अरू स्कुलका साथीहरू पनि आएका रहेछन् ।

उपत्यकाका १४ स्कुलका गरी हामीहरू झन्डै ८ सयको हाराहारीमा त्यहाँ उपस्थित थियौं । त्यस कार्यक्रमको आयोजक नेपाल स्काउट थियो । करिब १ बजेतिर कार्यक्रम सुरु भयो । जेभियर स्कुलका साथीहरूले राष्ट्रिय गान र स्काउटको गीत गाएर कार्यक्रमको सुरुवात भयो । कार्यक्रमको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो भने अतिथि उहाँकी धर्मपत्नी राधिका शाक्य र खेलकुद मन्त्री जगत् विश्वकर्मा पनि हुनुहुन्थ्यो ।

उपत्यकाका करिब १४ स्कुलका विद्यार्थी सहभागी रहेको कार्यक्रम अति नै रमाइलो भयो । कार्यक्रको सञ्चालन विद्यार्थीबाटै भएको थियो । कार्यक्रममा देशका सम्माननीय प्रधानमन्त्री साथमा रहँदा अति नै खुसी लाग्यो । हामीहरूले मनमा लागेका जिज्ञासा प्रधानमन्त्रीसँग सोध्ने अवसर पनि पायौं । प्रधानमन्त्रीले पनि जवाफ दिनुभयो । स्कुलका साथीहरूसँगै प्रधानमन्त्रीसँग फोटो खिच्न पाउँदा अति नै खुसी लाग्यो । यो अवसर मेरा लागि अति नै महत्त्वपूर्ण क्षण थियो । हामीलाई प्रधानमन्त्रीले उपहार स्वरूप डायरी, कलम र ब्याच दिनुभयो । त्यो पाउँदा मलाई त खुसीको सीमा नै भएन । ती उपहार मैले सुरक्षित राखेको छु । सम्पूर्ण विद्यार्थीलाई खाजाको व्यवस्था पनि रहेछ । हामी सबै मिलेर खाजा पनि खायौं । मलाई त पिकनिक गएजस्तो पनि भयो । अनि साथीहरूसँग सामूहिक तस्बिर पनि खिच्यौं । त्यसपछि स्कुलको गाडी चढेर हामी स्कुल आइपुग्यौं ।

निर्देशन सिग्देल

रेडिअन्ट स्कुल, कक्षा–६, कलंकी काठमाडौं

प्रकाशित : पुस २९, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?