नेपालको माया

काठमाडौँ — भाषा हाम्रो सान हो, संस्कृतिको संवाहक
भाषा हाम्रो मान हो, नेपालीको परिचायक
पोसाक नेपालीको दौरा, सुरुवाल कोट प्यारो
गुन्यू, चोली कति सुहाएको नेपाली सेरोफेरो

नेपालको माया

भाषा हाम्रो सान हो, संस्कृतिको संवाहक

भाषा हाम्रो मान हो, नेपालीको परिचायक

पोसाक नेपालीको दौरा, सुरुवाल कोट प्यारो

गुन्यू, चोली कति सुहाएको नेपाली सेरोफेरो


ताल, तलैया, हिमालले सजिएको हाम्रो देश

नदी नाला, झरनाले भरिएको प्रकृतिको भेष

छाँगा, छहरा, पाखापखेराले सौन्दर्यको खानी

सम्पदाको भण्डार छ, धार्मिक अनि इतिहास

नेपाली बहादुर, वीर आँटिला छन्, गरौँ सहास ।


फूल हेरे फूलजस्तै राम्रो लाग्ने हाम्रो नेपाल

शिरको केशमा फूल सजाएजस्तै अटल हिमाल

रमणीय ठाउँले लोभ्यायो मन भयो चञ्चल

पौरखी भै हामी विकास गरौँ, बन्नुपर्छ अटल

-ऋद्धिमा लामा, कक्षा–६

नाइटिङ्गेल स्कुल, ललितपुर

प्रकाशित : माघ ६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?