१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आआफ्नो खुबी

अर्जुन राजवंशी

काठमाडौँ — सहरी क्षेत्रमा पानीको उपयोग कसरी गर्ने ? कक्षा ९ मा अध्ययनरत ज्योति ढकालले आफूजस्तै विद्यार्थीलाई सिकाइन् ।

आआफ्नो खुबी

दमक नगरपालिका १० मा सबैभन्दा बढी सुगरका बिरामी रहेको समीक्षा कार्की र सरु भट्टराईले अवलोकनकर्ताहरूलाई बताए ।झापाको दमक ९ स्थित सरस्वती माविको प्रांगणमा माघ १७ देखि २१ गतेसम्म प्रदेशस्तरीय ‘बाल महोत्सव’ भयो । महोत्सव करिब ५० हजार विद्यार्थीले अवलोकन गरे । महोत्सवमा राखिएका विभिन्न स्टलमा बालबालिकाले विभिन्न विषयवस्तुको जानकारी पस्किए । प्रदेश १ का विभिन्न विद्यालयबाट आएका विद्यार्थीले चित्रकला, नृत्य, गायन, हाजिरीजवाफ, वतृत्वकला, म्याच ओलम्पियाड, कविता, निबन्धजस्ता प्रतियोगितामा भाग पनि लिए । प्रतियोगिता उपसमिति संयोजक टेकनाथ भण्डारीका अनुसार विभिन्न प्रतियोगितामा चार हजार विद्यार्थी सहभागी भए ।


महोत्सवमा तारा मण्डल, विज्ञान प्रदर्शनी, बाल कलाकारको प्रस्तुति र बालबालिकाका लागि राखिएका खेल मुख्य आकर्षण बने । राकेश राईले निर्मला पन्तको मर्मस्पर्शी चित्र बनाए । उनले चित्रसँगै ‘निर्मला पन्तको हत्यारालाई संरक्षण भएको र चाँडै मृतकको परिवारलाई न्याय मिलोस्’ भनी लेखे । सिंहदेवी माविमा अध्ययनरत समीक्षा र सरुले आफ्ना ५ साथीसँग मिलेर दमक १० नम्बर वडामा सबैभन्दा बढी बिरामी भएको पहिचान गरे । दुई हप्ता लगाएर पहिचान गरेको रोगको बारेमा महोत्सव अवलोकन गर्न आएकालाई सुगरबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिए । पाणिनी माविका विद्यार्थीहरूले प्रांगरिक खेती प्रणालीबारे जानकारी दिए । उनीहरूले खेती गर्ने प्रणाली नै नमुनाका रूपमा महोत्सवमा राखेका थिए ।


कक्षा ४ मा पढ्ने मविन लावती महोत्सव हेर्न दुई दिन आए । उनी आमासँग बाल महोत्सव घुमे । महोत्सवमा राखिएका सबै स्टलका बारेमा सोधीखोजी गरे । छोरालाई घुमाउन ल्याएकी आमा मीरालाई पनि महोत्सवबाट धेरै जानकारी प्राप्त भयो । ‘महोत्सव केटाकेटीहरूका लागि भए पनि धेरै कुरा हामीले पनि सिक्ने अवसर पायौं,’ उनले भनिन्, ‘यस्ता महोत्सवले साँच्चै बालबालिकालाई धेरै कुरा सिकाउँछ ।’ विद्यार्थीहरूले हाइड्रोलिक रोबर्ट बनाए । सागर सन्न्यासी, दशरथ विश्वा र गणेश विश्वाले बनाएको उक्त रोबर्टले गर्न सक्ने काम र रोबर्ट कसरी बनाउन सकिन्छ भन्नेबारे अन्यलाई सिकाए । मोरङको लेटाङ नगरपालिकास्थित लक्ष्मी माविमा कक्षा ७ मा अध्ययनरत मन्जिल भण्डारी र मिजास पौडेलले भ्याकुम क्लिनर बनाए । उनीहरूले घरमा प्रयोग गरिने फेनको प्रयोग गरेर भ्याकुम बनाएका हुन् ।


फ्यान प्रयोग गरेर कसरी भ्याकुम बनाउन सकियो भन्नेबारे भण्डारी र पौडेलले ५ दिनसम्म अन्य विद्यार्थीलाई पनि सिकाए । पशुपति संस्कृत माविका सचिन साहले पानीजहाज बनाए । उनले युटुबमा हेरेर बनाएको पानीजहाज महोत्सवमा राखिएको थियो । साहले पानीजहाज बनाउने विधि आफूजस्तै साथीहरूलाई पनि सिकाए । महोत्सवमा एक वर्षअघि दमकबाटै युटुबमा गीत गाएर चर्चित बनेका बाल कलाकार अशोक दर्जी, बाल कलाकार सेड्रिना शर्मालगायतले आआफ्नो प्रस्तुति राखे । महोत्सवमा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार वितरण गरेको दमककी उपप्रमुख गीता अधिकारीले बताइन् ।

प्रकाशित : माघ २७, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?