परीक्षा
काठमाडौँ — एकादेशमा एउटा ठूलो तर अस्तव्यस्त सहर थियो । त्यहाँ ठूलाठूला भवन थिए ।
धेरै धनी मानिसको बसोबास थियो । गरिब पनि थिए । गरिबहरू धेरैजसो अरूबाट अपहेलित हुन्थे । सहरमा मानवता घट्दो थियो । नैतिकता र सहयोगी भावनाको चरम अभाव थियो । मानिसलाई आफ्नो सम्पत्तिको खुब घमन्ड थियो । थोरै व्यक्ति मात्र मानवीय धर्म पालना गर्थे ।
त्यस्तै केही व्यक्तिमध्ये एक थियो– चेतन । चेतनका आमाबा पहिले धेरै गरिब थिए । आफ्नै संघर्ष र मिहिनेतले उनीहरूले आफ्नो परिवारको आर्थिक स्थिति सुधारेका थिए । गरिबको पीडा बुझेको चेतन न धनको घमन्ड गथ्र्यो न अरूको लोभ । उसका काकाको छोरो मन भने बुबाको सम्पत्तिको ठूलो घमन्ड गथ्र्यो । जे पायो, त्यहीमा पैसा खर्च गथ्र्यो । यो उसको मात्र स्वभाव थिएन । सहरका थुप्रै मानिसको स्वभाव यस्तै थियो ।
यस जगत्मा भइरहेका सबै क्रियाकलाप भगवान्ले स्वर्गबाट हेरिरहेका थिए । उनलाई पृथ्वीमा थोरै मात्र राम्रा मानिस छन् भन्ने कुराको बोध भएपछि पृथ्वीवासीको घमन्ड घटाउन र सबैलाई शिक्षा दिन आफैं धर्तीमा आए । एउटा माग्नेको रूप लिएर उनी मानिसको परीक्षा लिन चाहन्थे । असल मानिसलाई वरदान दिएर अन्य सबैलाई शिक्षा दिन चाहन्थे ।यसका लागि भगवान् माग्नेको स्वरूपमा वर्षौंसम्म धर्तीमा भौंतारिए तर कोही उनको परीक्षामा सफल हुन सकेनन् । दान दिनेहरू आफूले गरेको दानको घमन्ड गर्थे । लोभीहरू दान नै दिँदैननथे ।एकदिनको कुरो हो, एक जना माग्ने मन्दिरको सिँढीमा सुतिरहेको थियो । उसका अगाडि एउटा टिनको बटुको थियो । बटुको रित्तो थियो । त्यस दिन मन्दिरमा धेरै भिडभाड थिएन । संयोगवश चेतन र मन दुवै त्यही दिन मन्दिर गएका थिए । उनीहरू जाँदा मन्दिरमा माग्ने मात्र थियो । भगवान्लाई चढाउन चेतनले केही चामल बोकेको थियो । मन भने खाली हात आएको थियो । भर्याङमा सुतेको माग्नेलाई देखेर मनले भन्यो, ‘ए माग्ने, यसरी सबै सिँढी नै ढाकेर किन सुतेको हँ ? हट् यहाँबाट ।’ त्यसपछि उसले झर्किंदै चेतनलाई भन्यो, ‘दाइ, हिजोआज यस सहरमा कति माग्ने ? दिक्क लागिसक्यो मलाई त ।’ चेतन केही बोलेन । माग्ने बिस्तारै उठ्यो र अलि पर गई बस्यो ।
उनीहरू दुवै पूजा गरेर फर्के । फर्किंदा माग्ने ढलिरहेको थियो । त्यो देखेर चेतन हतार हतार माग्नेलाई सहयोग गर्न गयो । मन चाहिँ माग्नेभन्दा परै बस्यो । ‘के भयो तपाईंलाई ? आउनुस् यहाँ बस्नुस् । यो पानी पिउनुस्,’ चेतनले माग्नेलाई पानी दियो । माग्नेले भन्यो, ‘मलाई खाना देऊ । चेतन दौडँदै नजिकैको पसलमा गयो र केही फलफूल किनेर फर्कियो । उसले माग्नेलाई त्यो फलफूल दिएको मात्र के थियो, निमेषभरमै माग्ने त्यहाँबाट अलप भयो । त्यहाँ भगवान् प्रकट भए । उनले भने, ‘चेतन, तिमी मेरो परीक्षामा उत्तीर्ण भयौ । तिमी सबैका लागि उदाहरण हौ । लेऊ, यी फलफूल तिमी नै राख । म यसलाई सुन बनाइदिन्छु । यो मेरो वरदान हो ।’
त्यो देखेर चेतन छक्क पर्यो । उसका मनमा पश्चात्ताप भयो । असल मान्छे जहिल्यै असल हुन्छ । चेतनले त्यो सुनका दुई गेडा समाजसेवामै खर्चियो । चेतनको असल बानी सबैले थाहा पाए । उसबाट धेरैले सहयोग गर्ने र घमन्ड नगर्ने शिक्षा पाए ।
सराहना खड्का, कक्षा : ९
पाठशाला नेपाल फाउन्डेसन, काठमाडौं