२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

स्रष्टा र बाल प्रतिभाहरुलाई पुरस्कार

काठमाडौँ — बालसाहित्य लेखक सम्मान तथा बाल प्रतिभा पुरस्कारबाट यस वर्ष १० लेखक र बाल प्रतिभा पुरस्कृत भएका छन् ।

स्रष्टा र बाल प्रतिभाहरुलाई पुरस्कार

पुरस्कारहरू राजधानीमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र शिक्षासेवी मोहन कार्कीले संयुक्त रूपमा प्रदान गरे । समारोहमा पिता चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कारबाट इन्दिरा दली र माता दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार तथा सम्मानबाट क्रमश: रञ्जुश्री पराजुली, जलेश्वरी श्रेष्ठ, सुशीला देउजा र फरक क्षमताको लेखक तर्फबाट दृष्टिविहीन निरा अधिकारी पुरस्कृत भए । कार्तिकेय बालप्रतिभा पुरस्कारबाट अनुष्का पौडेल, उर्भी सिंह, केशव बादी, याङ्जी थोकर र अदिश्री फैजु पुरस्कृत भए ।


पुरस्कृत लेखक र बालप्रतिभालाई जनही ५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बालप्रतिभाहरू अनुष्का र उर्भीलाई जनही १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित यी पुरस्कार २० वर्षदेखि प्रदान गरिँदै आएका छन् । समारोहमा रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, डा. सुवास घिमिरे, प्राध्यापक दिनेश चापागाईं, दयाराम थापालगायतले बालबालिका र पठन संस्कृतिबारे धारणा व्यक्त गरे ।

प्रकाशित : माघ २७, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?